काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले संवैधानिक अंग र आयोगहरुको असंवैधानिक नियुक्ति ओली प्रतिगमनको अर्को किस्ता मात्रै भएको बताएका छन् । केपी ओली नेतृत्वको सरकारले बुधबार गरेको संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्ति विरोध गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।बुधबार साँझ ट्वीट गर्दै भट्टराईले जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने उच्चतम अंग प्रतिनिधिसभा भंग गरेर शुरु भएको प्रतिगमन अब किस्ता किस्ता हुँदै सम्पूर्ण प्रतिक्रान्तितिर तीब्र बेगमा अ