काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र आफू एक अर्काको पुरक भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धको सहयात्री समेत रहेका बाबुरामसँग समाजवादको गोरेटो नयाँ पार्नको लागि सहकार्य गरेको बताएका हुन्। उनले माओवादीहरू अलग हुँदा जनयुद्धको उपलब्धि नै खतरामा परेको बताए। ‘गत साल प्रतिनिधिसभा विघटनपछि संविधानमाथिको खतरा थियो। त्यसको प्रतिवाद गरेका थियौँ। अब संघ र