विश्वकप छनोटमा अपराजित रहने नेपाल एकमात्र टोली

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए मा अपराजित रहने नेपाल एकमात्र टोली हो । सोमबार समूह चरणको अन्तिम खेलमा यूएई बहराइनसँग पराजित भएसँगै नेपाल अपराजित रहँदै सेमिफाइनल खेल्ने एक्लो टोली बनेको हो । नेपाल बाहेक सेमिफाइनल पुगेका अन्य तीन टोली ओमान, आयरल्यान्ड र युएईले १-१ खेलमा हार बेहोरेका छन् । […]