नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफूले ५ बुँदे सहमति नगरेको स्पष्ट पारेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र र प्रचण्डबीच सहमति भएको आरोप लगाएको सन्दर्भमा बिहीवार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले सहमति भएको प्रमाणित गर्न चुनौती दिएका छन् ।
‘दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रूपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झूट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुुनः प्रमाण...