चुनावअघि देउवा, प्रचण्ड र नेपालको मौखिक सहमति- पालैपालो प्रधानमन्त्री बन्ने

चुनावअघि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच २, २ र १ वर्ष प्रधानमन्त्री भागवण्डा गर्ने मौखिक सहमति भएको स्रोतले दाबी गरेको छ ।