चितवनमा पर्यटकीय गतिविधि बढाउन प्याराग्लाइडिङ

काठमाडौं, २ बैशाख । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ। हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो। जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए। भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको हो। यहाँ जङ्गल सफारीका […]

सम्बन्धित सामग्री

पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ: परराष्ट्र मन्त्री

गण्डकी- परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन् । पोखराको तोरीपानीबाट फेवाताल किनारमा आज प्याराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरे । प्याराग्लाइडिङ पोखराको महत्त्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्दै मन्त्री साउदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् […]

पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ

चितवन । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो ।

किन लागू भएन तलबसहितको बिदा योजना

गत आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट भाषणमा नेपालको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न नेपाल सरकारका ‘निजामती कर्मचारीलाई १० दिनको तलबसहित काजमा बिदा दिएर आन्तरिक पर्यटन वृद्धि गर्ने’ भनी व्यवस्था गरेका थिए । तत्कालीन सरकारले गरेको ‘निजामती कर्मचारीलाई १० दिनको तलबसहित काजमा बिदा दिएर नेपालको आन्तरिक पर्यटन वृद्धि गर्ने’ उक्त व्यवस्था अहिलेसम्म व्यवहारमा लागू हुन सकेको छैन । नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नेपाल सरकारका निजामती कर्मचारीहरू मात्रै नभएर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थान, निगम, सरकारी तथा निजी विद्यालय, कलेज, क्याम्पस, विश्वविद्यालयका शिक्षक, प्राध्यापक वा प्रोफेशर, नेपालस्थित कूटनीतिक नियोग, दातृ निकाय, आईएनजिओ, एनजिओ, निजी कम्पनी, उद्योग, कल–कारखाना, व्यापारिक घराना आदिमा काम गर्ने सबै कर्मचारीलाई समेटेर नेपालको आन्तरिक पर्यटनलाई बृहत् ढंगले योगदान गर्न प्रोत्साहन गर्ने नीति सरकारले ल्याउनुपर्ने देखिन्छ । सन् २०१९ को डिसेम्बर अन्तिम ताका छिमेकी देश चीनको दक्षिण पूर्वी राज्य हुपेईको राजधानी वुहान शहरबाट फैलिएको कोभिड–१९ महामारीका कारण धराशयी बनेको नेपाली पर्यटनलाई आन्तरिक पर्यटनले थोरै भए पनि टेवा दिन सक्छ । त्यही भएर तलबसहित काजमा बिदा दिएर आन्तरिक पर्यटन वृद्धि गर्ने व्यवस्था गरेको हो । यो आव सकिनै आँटे भए पनि यसको कार्यान्वयन हुने छाँटकाँट छैन । विगत २ वर्षभन्दा बढी समयदेखि कोरोना भाइरसको महामारीका कारण विश्वभरि नै अन्य उद्योग–व्यवसायजस्तै पर्यटन उद्योग र पर्यटकीय गतिविधि पनि लगभग ठप्प भएको अवस्था छ । उता संयुक्त राष्ट्रसंघको मातहतमा रहेको ‘वल्र्ड टुरिज्म अर्गनाइजेशन/डब्ल्यूटीओ’ले विश्व पर्यटन सम्बन्धी पछिल्लो प्रतिवेदनमा सार्वजनिक गरेअनुसार सन् २०२० को पहिलो ३ महीनाको तुलनामा सन् २०२१ को पहिलो ३ महीना जनवरी, फेब्रुअरी र मार्च महीनामा विश्व भ्रमण गर्ने पर्यटकको संख्या ७३ प्रतिशतले कमी आएको थियो । उक्त प्रतिवेदनअनुसार सन् २०२१ मा सबैभन्दा धेरै असर एशिया प्रशान्त (एशिया प्यासिफिक) क्षेत्रमा परेको थियो । सन् २०२१ को पहिलो ३ महीनाको जनवरी, फेब्रुअरी र मार्च महीनामा एशिया प्रशान्त क्षेत्रमा भ्रमण गर्ने पर्यटकको संख्या सन् २०२० को पहिलो ३ महीनाको तुलनामा ९४ प्रतिशतले कमी रहेको थियो । त्यस्तै डब्ल्यूटीओको उक्त प्रतिवेदनअनुसार सन् २०२१ पहिलो ३ महीनामा एशिया प्रशान्त क्षेत्रपछि यूरोपमा ८३ प्रतिशतले पर्यटकको कमी आएको थियो । त्यस्तै सन् २०२१ को पहिलो ३ महीनामा अफ्रिका महादेशमा ८१ प्रतिशतले पर्यटकको कमी आएको थियो भने सन् २०२१ को पहिलो ३ महीनामा मध्यपूर्व क्षेत्रमा ७८ प्रतिशतले र उत्तर अमेरिकी महादेशमा सबैभन्दा कम अर्थात् ७१ प्रतिशत पर्यटकले भ्रमण गरेका थिए । विश्वका प्राय: सबै देशमा बाह्य पर्यटन यस्तो धर्मरको स्थिति रहेको भए तापनि चीन, रूस, अस्ट्रिया, अमेरिका ब्राजिल, भियतनाम, मलेसिया, जापान, दक्षिण कोरिया, मकाउ, जर्मनी, फ्रान्स, पोर्चुगल, न्यूजिल्यान्ड, बेल्जियम, चेक गणतन्त्र, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), टर्की, बेलारुस, युक्रेन, फिनल्यान्ड, डेनमार्क, नर्बे, मालिदभ्स, साइप्रस, ओमान, बहराइन, थाइल्यान्ड, इटली, हङकङ आदि देशका सरकारले भने आफ्ना देशका नागरिकलाई आफ्नो देशमा आन्तरिक पर्यटकका रूपमा भ्रमण गर्न प्रोत्साहन गरेका छन् । यसरी ती देशले आन्तरिक पर्यटनलाई अझ बढी महत्त्व दिएर आफ्नै देशभित्रको पर्यटकीय महत्त्व र प्राकृतिक महत्त्वका विशेष ठाउँहरू, जस्तै : ऐतिहासिक महत्त्वका ठाउँ, सांस्कृतिक महत्त्वका स्थान, डाँडो, किल्ला (फोर्ट), अनेक सम्पदा रहेका ठाउँ, प्राचीन महत्त्व बोकेका स्थल तथा स्मारक लगायतमा घुमफिर गर्न प्रोत्साहन गरेर आन्तरिक पर्यटनलाई सकेसम्म चलायमान बनाएका छन् । यस्तो खालको आन्तरिक पर्यटन/भ्रमण कार्यले केही हदसम्म भए पनि ती देशको आर्थिक गतिविधि चलायमान हुनमा सहयोग पुगेको भनाइ रहेको पर्यटन सम्बन्धमा विज्ञता प्राप्त गरेका व्यक्तिहरूले बताएका छन् । हाम्रो देश नेपाल पनि धार्मिक, सांस्कृतिक, प्राकृतिक, भौगोलिक, जातीय, भाषिक आदि विविधताले भरिपूर्ण देश हो । तर, यसका महत्त्व नबुझ्ने केही ‘पटमूर्खहरूले !’ भने धार्मिक, सांस्कृतिक, प्राकृतिक, भगौलिक, जातीय, भाषिक आदि विविधताको कुरो गर्‍यो वा लेख्यो कि, एकतर्फी ढंगले साम्प्रदायिक भन्ने गरेको देखिन्छ, जुन सरासर गलत बुझाइ र लेखाइ हो भनी ठोकेर भन्न सकिन्छ । भौगोलिक, जातीय, भाषिक आदि विविधताले भरिपूर्ण मात्रै नभएर वन्यजन्तु अवलोकन, चरा पर्यटन, हिमाल आरोहण, पदयात्रा, चट्टान आरोहण, बेलुनिङ, प्याराग्लाइडिङ, बन्जिजम्पिङ, जिप फ्लायर, र्‍याफ्टिङ, कायाकिङ, साइक्लिङलगायत अन्य साहसिक पर्यटकीय गतिविधिका लागि पनि प्रचुर सम्भावना भएको देश हो । त्यस्तै ऐतिहासिक महत्त्वका ठाउँहरू जस्तै पुराना दरबार, गढी, किल्ला, दुर्ग, प्राकृतिक रूपमै बग्दै आएका झरना, छहरा, छाँगालगायत अन्य स्थानहरूमा भ्रमण गर्न जानका लागि पनि सरकारले सरकारी कर्मचारीका साथै सर्वसाधारण नागरिकलाई प्रोत्साहन गर्न सक्छ । त्यसैले जहाँ अड्केको भए पनि ‘सरकारी कर्मचारीलाई १० दिनको तलबसहित काजमा बिदा दिने’ नीति तुरुन्तै लागू गर्नुपर्ने देखिन्छ । यसले नेपालको आन्तरिक पर्यटन वृद्धि गर्ने पक्का जस्तै छ । तर, नेपाल सरकारका निजामती कर्मचारीहरूले सरकारको त्यो सहुलियत र सेवासुविधालाई दुरुपयोग नगरुन् भन्नाका लागि उनीहरू (निजामती कर्मचारी) जुन क्षेत्रको भ्रमणमा जान्छन्, उक्त क्षेत्रको सक्कली र नयाँ फोटा, भिडियो क्लिप, होटेल वा लजमा बसेको, खाना र खाजा खाएको बिल भर्पाइ पनि आफू कार्यरत कार्यालयमा निश्चित समयसीमाभित्र पेश गर्नैपर्ने बाध्यात्मक व्यवस्था पनि लागू गर्नुपर्छ । अन्यथा देशको कुनै ठाउँमा घुम्न जाऊन् नेपालको आन्तरिक पर्यटनको विकासमा टेवा दिऊन् भनी सरकारले दिएको सहुलियत र सदाशयलाई ससुराली घर, मामाघर, आफन्तको घर, नातागोताको घर घुम्न जाने अथवा घरैमा जुवातास खेलेर बस्ने, गर्लफ्रेन्ड/ब्याइफ्रेन्ड घुमाउन गएर समय खेर फाल्न बेर छैन । लेखक पर्यटनकर्मी हुन् ।

सुर्खेतमा प्याराग्लाइडिङ उडान

सुर्खेत (अस) । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको बयलकाँडादेखि औपचारिक रूपमा साहसिक प्याराग्लाइडिङ उडान सुरु भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले व्यावसायिक उडान सुरु गरेको हो । कर्णालीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले व्यवसायिक प्याराग्लाइडिङ सञ्चालन गर्न लागिएको कम्पनीले बताएको छ । विश्व कीर्तिमानी प्याराग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले कर्णालीमा साहसिक खेललाई प्रचार–प्रसारसँगै प्रवर्द्धन गर्ने उद्देश्यले व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु गरिएको जानकारी दिए । उनले साहसिक उडान सुरु भएपछि सुर्खेत आसपासका क्षेत्रको मात्र नभई समग्र कर्णालीकै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘कोरोना महामारीका कारणले खुम्चिएको पर्यटकीय गतिविधिलाई प्रदेश राजधानी सुर्खेतमा विस्तार गर्न लागेका छौं,’ उनले भने, ‘यहाँ पर्यटकीय गतिविधि बढाउनुका साथै केही समयपछि अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितै आयोजना सञ्चालन गर्ने योजना बनाएका छौं ।’ उनले आगामी दिनमा नागरिक र सरकारी स्तरबाट प्याराग्लाइडिङ पाईलट प्रशिक्षण सञ्चालनका लागि माग आए त्यसतर्फ  सोच्न सकिने जिकिर गरे । उनका अनुसार सुर्खेतको भूगोल र हावापानी प्याराग्लाइडिङ पाइलट प्रशिक्षणका लागि उपयुक्त छ । नागरिकको मागअनुसार सुर्खेतमा प्रतिदिन ४०/५० उडान भर्ने योजना बनाएको कम्पनीका प्रमुख निर्देशक पदमबहादुर शाहीले बताए । उनले हावाको वेगमा कुनै समस्या आइपरे बीचमै आपतकालीन अवतरण गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए । कर्णालीका विभिन्न क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि निकट भविष्यमै हर्सराइडिङ, रकक्लाइमिङ, साइक्लिङ, र्‍यारफ्टिङलगायत सेवा सुर्खेतबाटै सञ्चालन गर्ने कम्पनीको भावी योजना रहेको उनको भनाइ छ । ‘साहसिक पर्यटकको रोजाइका लागि हामीले पुनः प्याराग्लाइडिङको व्यावसायिक  उडान सुरु गर्न लागेका छौं,’ उनले भने, ‘प्याराग्लाइडिङमार्फत सुर्खेतका धार्मिक तथा ऐतिहासिक स्थलको मनोरम दृश्यावलोकनसँगै प्रचार–प्रसारमा  टेवा पुग्ने विश्वास लिएका छौं ।’ यसअघि नै १ करोड लगानीबाट सुरु गरेको वेलकम प्याराग्लाइडिङ प्रालिले पर्यटन प्रवर्द्धनसँगै साहसिक खेल क्षेत्रमा टेवा पुग्ने बताए । उनका अनुसार आइतबारदेखि सुरु भएको व्यावसायिक प्याराग्लाइडिङ उडान आगामी जेसम्म सञ्चालन गरिनेछ । ५० प्रतिशत छुट हाल सुर्खेतका नागरिकलाई प्रतिउडानमा ५० प्रतिशत छुट गरिएको छ । कम्पनीले प्रतिउडान, प्रतिव्यक्ति ३ हजार ५ सय, तीनदेखि ५ जनाको समूहलाई प्रतिव्यक्ति ३ हजार २ सय, पाँचदेखि १० जना समूहलाई २ हजार ८ सय र १० भन्दा माथिको समूहलाई प्रतिव्यक्ति, प्रतिउडान २ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ ।

भेडेटारमा भेडेटार फुड फेस्टिबल

धनकुटा (अस) । प्रदेश १ को प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने नवौं भेडेटार फुड फेस्टिबल सुरु भएको छ । होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा फेस्टिबल सुरु भएको हो । फेस्टिबल उद्घाटन प्रदेश १ का भौतिक योजना तथा पूर्वाधारमन्त्री हिमाल कार्कीले उद्घाटन गरे । भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री कार्कीले बताए । भेडेटारमा अंग्रेजी नयाँ वर्ष अवसर पारेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको महोत्सव आयोजक अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनका अनुसार भेडेटार आउने विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयको बिदा हुने भएकाले तिनलाई भेडेटारमा आकर्षित गर्न फेस्टिबल आयोजना गरिएको उनले बताए । धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको मुख्य भूमिका रहेकाले यसको थप प्रचार गर्न फेस्टिबल आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने फेस्टिबलमा विभिन्न जातीय परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन गरी १५ स्टल रहेका छन् । फेस्टिबल उद्घाटन अवसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । फेस्टिबल अवधिमा भेडेटार धरान प्याराग्लाइडिङ, मूलघाट (चतरा र्‍याफ्टिङ, नमस्ते झरनामा क्यानोनोइङ, साइक्लिङ, ध्वजेडाँडाबाट सूर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङजस्ता पर्यटकीय गतिविधि सञ्चालन हुनेछन् । फेस्टिबल करिब ३० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

नवौं भेडेटार फुड फेष्टिवल शुरु (फोटो फिचर)

पुस १८, धनकुटा । प्रदेश नं १ को प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीन दिने नवौं भेडेटार फुड फेष्टिवल शुरु भएको छ ।  होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा फेष्टिवल शुरु भएको हो । फेष्टिवलको उद्घाटन प्रदेश नं १ का भौतिक योजना तथा पूर्वाधार मन्त्री हिमाल कार्कीले गरेका हुन् । उक्त अवसरमा मन्त्री कार्कीले भेडेटारको विकासको लागि प्रदेश सरकार सधै तयार रहेको बताए । भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गरिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनका अनुसार भेडेटार आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयहरुको विदा हुने भएकोले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित गर्न फेष्टिवल आयोजना गरिएको हो ।  धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको उल्लेख्य भुमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा फेष्टिवल आयोजना गरिएको हो ।  तीन दिनसम्म हुने फेष्टिवलमा विभिन्न जाति परिकारका स्टलहरु, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टलहरु गरी १५ ओटा स्टलहरु रहेका छन् । फेष्टिवलमा विभिन्न जातिको झाँकी प्रस्तुत गरिएको छ । फेष्टिवल उद्धाटनको अवसरमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको छ । फेष्टिबलको अवधिमा भेडेटार धरान प्याराग्लाइडिङ, मुलघाट (चतरा र्‍याफ्टिङ, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोनोइङ, साइक्लिनिङ, ध्वजेडाँडाबाट सुर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधि सञ्चालन हुनेछन् भने डाँडाबजारमा रहेको ठूलो अजगंको रुख हेर्ने अवसर, स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसँग सम्बन्धित उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जानकारी दिएको छ ।  फेष्टिवलमा करीब ३० हजार पर्यटकहरु सहभागी हुने आयोजकको अनुमान छ । करीब १९ लाख खर्च हुने अनुमान तथा करीब एक करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । फेष्टिवल पश्चात वर्षभरिमा भेडेटारमा पर्यटकहरुको वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ ।  फेष्टिवलको अवधिमा ६ हजार ६०० रुपैयाँ भेडेटारमा, भेडेटार पाथिभरा २७ हजार र धरान पाथिभरा ३२ हजारमा हुँदै आएको माउन्टेन फ्लाइट १५ प्रतिशत छूटमा गराईने सञ्चालक सन्दिप भण्डारीले जानकारी दिए ।  यस्तै, भेडेटार धरान जीपलाईनमा पनि १५ प्रतिशत छूट गरिने आयोजकले जानकारी दिएको छ । भेडेटार धरान जीपलाईन यसअघि एक हजार २००, १ हजार ५०० र २ हजारमा हुँदै आएको छ ।                                                                    तस्वीर : ईश्वर थापा/आर्थिक अभियान

भेडेटारमा नवौं फुड फेष्टिवल पुस १६ गतेदेखि शुरु

पुस १२, धनकुटा । प्रदेश १ को प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीन दिने नवौं भेडेटार फुड फेष्टिवल आयोजना हुने भएको छ । होटल एसोसिएशन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेष्टिवल गर्ने भएको हो ।  चिसो मौसम रहने धनकुटादेखि ३५ किलोमिटर दक्षिण तथा धरानदेखि करीब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ । भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।  उनका अनुसार पूर्व आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयहरुको विदा हुने भएकोले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित गर्न फेष्टिवल आयोजना गरिन लागेको उनले बताए । तर यो वर्ष कोभिड-१९ को नयाँ भेरियन्टका भारतीय पर्यटक कम आउने आशंका पनि रहेको अध्यक्ष रुम्दालीले बताए ।  २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फेष्टिबल कोभिड १९ का कारण गत वर्ष सञ्चालन हुन सकेको थिएन । धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको उल्लेख्य भुमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा फेष्टिवल आयोजना गर्ने निर्णय भएको होटल एसोसिएशन अफ भेडेटारका सल्लाहकार नरबहादुर चेम्जोङले बताए । तीन दिनसम्म हुने फेष्टिवलमा विभिन्न जाति परिकारका स्टलहरु, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टलहरु राखिने आयोजक होटल एशोसिएशन अफ भेडेटारले जानकारी दिएको छ । फेष्टिबलको अवसरमा भेडेटार धरान प्याराग्लाइडिङ, मुलघाट (चतरा ¥याफ्टिङ, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोइङ, साइक्लिनिङ, ध्वजेडाँडाबाट सुर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधि सञ्चालन गरिने भएको छ । त्यस्तै, डाँडाबजारमा रहेको ठूलो अजगंको रुख हेर्ने अवसर, स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसँग सम्बन्धित उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जानकारी दिएको छ ।  तीन दिनसम्म हुने फेष्टिवलमा भेडेटार बजारका होटल, घरेलु उद्योग मार्फत बाँसबाट बनेका सामग्री, खुकुरी, ढाकाकपडा, जातीय परिकार गरी १५ विविध प्रकारका स्टलहरु हुनेछन् । फेष्टिवलमा करीब ३० हजार पर्यटकहरु सहभागी हुने आयोजकको अनुमान छ ।  करीब १९ लाख खर्च हुने अनुमान गरिएको फेष्टिवलको अवधिमा भेडेटारमा करीब एक करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । फेष्टिवल पश्चात वर्षभरिमा भेडेटारमा पर्यटकहरुको वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ ।  फेष्टिबलको प्रायोजक गोर्खा ब्रुअरी रहेको छ । यस्तै प्रवर्द्धक नेपाल पर्यटन बोर्ड र सहयोगी साँगुरीगढी गाउँपालिकाको कार्यालय र साँगुरीगढी गाउँपालिका ६ नम्बर वडा कार्यालय रहेका छन् । फेष्टिबलमा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरु दैनिक प्रस्तुति रहने बताइएको छ । फेष्टिवलको अवधिमा ६ हजार ६०० रुपैयाँ भेडेटारमा, भेडेटार पाथिभरा २७ हजार र धरान पाथिभरा ३२ हजारमा हुँदै आएको माउन्टेन फ्लाइट १५ प्रतिशत छूटमा गराईने सञ्चालक सन्दिप भण्डारीले जानकारी दिए । यस्तै भेडेटार धरान जीपलाईनमा पनि १५ प्रतिशत छूट गरिने आयोजकले जानकारी दिएको छ । भेडेटार धरान जीपलाईन यसअघि एक हजार २००, १ हजार ५०० र २ हजारमा हुँदै आएको छ ।

उठ्दै पर्यटन, जाग्दै आशा

दीननाथ बरालपोखरा चर्चित पर्यटकीय गन्तव्य हो । कोरोना भाइरसले ठप्प रहेको पोखरा आसपासमा पर्यटकीय गतिविधि सुरु भएको छ । ६ महिना ठप्प भएका पर्यटकीय गतिविधि बिस्तारै सञ्चालन आएसँगै आशा जगाएको छ ।दुई दशकदेखि सञ्चालनमा आएको सहासिक खेल प्याराग्लाइडिङ, तनहुँको मानहुकोट डाँडामा एकै दिनमा १० हजार पर्यटक जानु, मर्दी हिमाल र माछापुछ्रे मोडल ट्रेकमा पर्यटनको आगमन, […]

पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ

चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ ।हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो ।