हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ९.९९ % वृद्धि, प्रतिकित्ता रू.५२३ पुग्यो

साउन १२, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको एक घण्टामा हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५२३ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  मार्केट डेप्थमा हेर्दा खरीद माग २४ हजार ३८२ कित्ता र विक्री माग ४० कित्ता रहेको छ ।  

सम्बन्धित सामग्री

हिमालय उर्जा विकास कम्पनीका संस्थापक शेयरधनीको  शेयर फुकुवा

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी (Himalaya Urja Bikas Company Limited)ले संस्थापक शेयरधनीको शेयर फुकुवा गरेको छ । कम्पनीले बुधवार एक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीको शेयर फुकुवा गरिएको जनाएको छ । कम्पनीमा १० हजार र सोभन्दा बढी शेयर लगानी गर्ने सञ्चालक र निजका एकाघरका परिवारबाहेक अन्य सबै संस्थापक शेयरधनीको शेयर फुकुवा भएको हो ।  आफ्नो परिचय खुल्ने सरकारी कागजातसहित काठमाडौंको नारायणचौरस्थित नबिल इन्भेस्टमेण्ट एण्ड बैंकिङमा गई सक्कल प्रमाणपत्र बुझिलिन शेयरधनीहरूलाई कम्पनीले अनुरोध गरेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

जलस्रोत तथा उर्जा विकास मन्त्रालयद्वारा तीन सय ३८ योजना  फिर्ता

सुर्खेत– आर्थिक वर्ष २०७८/७९ मा जलस्रोत तथा उर्जा विकास मन्त्रालयले काम गर्न नसकेर तीन सय ३८ योजना  फिर्ता भएका छन्  । दुई हजार सात सय २५ योजनामध्ये तीन सय ३८ योजना कामनै सुरु नभएकाले बजेट फिर्ता भएको हो।  कर्मचारी अभावका साथै भौगोलिक रुपमा समेत विकट हुँदा योजना कार्यान्वयनमा समस्या आएको मन्त्रालयको भनाइ छ । मन्त्रालयमा […]

जथाभावी योजना छनोटले जलस्रोत तथा उर्जा विकास मन्त्रालयका ३३८ योजना सुरू नै भएन

सुर्खेत । आर्थिक वर्ष २०७८/७९ मा जलस्रोत तथा उर्जा विकास मन्त्रालयले काम गर्न नसकेर तीन सय ३८ योजना  फिर्ता भएका छन्  । दुई हजार सात सय २५ योजनामध्ये तीन सय ३८ योजना कामनै सुरू नभएकाले बजेट फिर्ता भएको हो। कर्मचारी अभावका साथै भौगोलिक रुपमा समेत विकट हुँदा योजना कार्यान्वनमा समस्या आएको मन्त्रालयको भनाइ छ । […]

जलस्रोत तथा उर्जा विकास मन्त्रालयका ३३८ योजना सुरू नै भएन

आर्थिक वर्ष २०७८/७९ मा जलस्रोत तथा उर्जा विकास मन्त्रालयले काम गर्न नसकेर तीन सय ३८ योजना  फिर्ता भएका छन्  । दुई हजार सात सय २५ योजनामध्ये तीन सय ३८ योजना काम नै सुरू नभएकाले बजेट फिर्ता भएको हो। कर्मचारी अभावका साथै भौगोलिक रुपमा समेत विकट हुँदा योजना कार्यान्वनमा समस्या आएको मन्त्रालयको भनाइ छ । मन्त्रालयमा ६० प्रतिशत प्राविधिक जनशक्तिको पद रिक्त छ । उर्जा क्षेत्रमा त एक जना पनि प्राविधिक छैनन् । सेवा क्षेत्र विस्तार हुँदै गए पनि मन्त्रालयमा सोहीअनुसार जनशक्ति र मातहतका कार्याल

कर्णालीको जलस्रोत तथा उर्जा विकास मन्त्रालयको ठुला आयोजनामा ध्यान

कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले तीन ठुला आयोजना जोड दिएको छ । साना आयोजना भन्दा पनि प्रतिफल राम्रो देखिने ठाउँमा लगानी गर्नुपर्ने उद्देश्यका साथ निर्मम भएर ठुला आयोजनातिर ध्यान केन्द्रीत गरेको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।केन्द्रीय विद्युत नपुगेका हिमाली जिल्लामा सौर्य मिनिग्रेटमा लगानी गरि त्यहाँ विद्युतीकरण गर्ने अभियान सुरु भएको उनले बताए । मुगु , हुम्ला र डोल्पामा सौर्य मिनिग्रेट स्थापना कार्य सुरु भएको छ । त्यस्तै अन्य जिल्लाका विद्युत नपुगेको

तेस्रो त्रैमासमा हिमालयन उर्जा विकास कम्पनी नोक्सानीमा

वैशाख २२, काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार चालू आवको तेस्रो त्रैमाससम्ममा उक्त कम्पनी रू. १ लाख ४ हजार नोक्सानीमा रहेको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ९ लाख ११ हजार नाफा कमाएको थियो । चालू आवमा आम्दानी घटेसँगै कम्पनी नोक्सानीमा गएको हो ।  गत आवमा कम्पनीको अन्य स्रोतमार्फत भएको आम्दानी रू. १० लाख २८ हजार रहेकोमा चालू आवमा घटेर रू. ५ लाख ९३ हजारमा झरेको छ । कम्पनीको चुक्तापूँजी रू. ९९ करोड रहेको छ । कम्पनीको जगेडा कोष रू.८६ लाख २८ हजार ऋणात्मक रहेको छ । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी शून्य दशमलव शून्य११ ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको तरलता अनुपात शून्य दशमलव ४९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.९९ दशमलव १३ रहेको छ ।

हिमालयन उर्जा विकास कम्पनीसहित यी ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

वैशाख ४, काठमाडौं । कारोबारमा आएका २३३ धितोपत्र मध्ये पाँच धितोपत्रका लगानीकर्ताले आइतवार सर्वाधिक गुमाएका छन् ।  हिमालयन उर्जा विकास कम्पनी, इमर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनी र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका हुन् । यी पाँच कम्पनीमध्ये हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।  कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३६४ दशमलव ५० मा झरेको छ । त्यसैगरी दोस्रोमा इमर्जिङ नेपालको शेयरमूल्य ७ दशमलव ५८ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ६ दशमलव शून्य ७ प्रतिशत, सामलिङ पावर कम्पनीको ५ दशमलव ६९ प्रतिशत र नयाँ सारथी लघुवित्तको शेयरमूल्य ५ दशमलव ४१ प्रतिशतका दरले घटेको हो ।  बजार घटेसँगै यी कम्पनीहरुका शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । इमर्जिङ नेपालको शेयरमूल्य प्रतिकित्ता रू. ९०२, राष्ट्र उत्थानको रू. १ हजार ३१५, सामलिङ पावरको रू. ५३० र नयाँ सारथी लघुवित्तको रू. ९२७ कायम भएको छ ।

हिमालय उर्जा विकास कम्पनीको साधारणसभा आह्वान

हिमालय उर्जा विकास कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २४ गते बुधबार एकसाथ २० औ र २१ औ साधारणसभा गर्न लागेको हो । कम्पनीले भर्चुअल माध्यमबाट सभा संचालन हुने जनाएको छ । कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/०७७ र आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने , लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व २०७६/०७७ र आ.व.२०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने प्रस्ताव पेश हुने छ।त्यस्तै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व.२०७८/२०७९ को लेखा परिक्षण गर्नको लागि लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमीक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ९ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

हिमालयन उर्जा विकास कम्पनीको संयुक्त साधारण सभा कात्तिक २४ गते

असोज २२, काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको २०औं र २१औं वार्षिक साधारण सभा कात्तिक २४ गते हुने भएको छ । सभा सिद्धार्थ कटेज रेष्टुरेन्ट एण्ड बारको सभाकक्ष तीनकुने, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा आव २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्नेका साथै, विविध प्रस्ताव रहेको छ ।

हिमालयन उर्जा विकास कम्पनीको नाफा करीब ९२% घट्यो

साउन २७, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हिमालयन उर्जा विकास कम्पनीले रू. ३ लाख ७९ हजार खुद नाफा गरेको छ ।  बुधवार सार्वजनिक कम्पनीको अपस्किृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९१ दशमलव ७२ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. ४५ लाख ७८ हजार खुद नाफा गरेको थियो ।  हालसम्म विद्युत् उत्पादन नभएको कम्पनीको अन्य आम्दानी अघिल्लो वर्षभन्दा साढे ८० प्रतिशत कम हुँँदा नाफामा असर परेको हो । अघिल्लो वर्ष रू. ७१ लाख ३४ हजार अन्य आम्दानी गरेको कम्पनीले गत वर्ष रू. १३ लाख ८५ हजार मात्र यो आम्दानी गरेको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा भने ७९ दशमलव ९७ प्रतिशत कम रू. १० लाख ८६ हजार भएको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ९९ करोड रहेको छ । कम्पनीको जगेडा कोष रकम भने रू. ७१ लाख ७६ हजार ऋणात्मक रहेको छ । कम्पनीको कुल सम्पत्ति रू. ३ अर्ब ४६ करोड ७१ लाख ५६ हजार रहको छ । प्रतिशेयर नेटवर्थ रू. ९९ दशमलव २८ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने रू. शून्य दशमलव शून्य ४ रहेको छ ।