राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति यस्तो बन्यो (सूचीसहित)

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)को केन्द्रीय समिति सार्वजनिक गरिएको छ । शुक्रबार निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै पार्टीले २१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेको हो । "आज मिति २०७९ असार १७ गते राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न गोलाकारभित्र घण्टी रहेको छ," पार्टीले जारी...

सम्बन्धित सामग्री

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सोमबारदेखि सुरु भएको छ। महोत्तरीको जलेश्वरमा बैठक सुरु भएको नेता हरि ढकालले देश सञ्चारसँग बताए। उनका अनुसार बैठक आगामी तीन दिनसम्म चल्नेछ। केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको पनि बैठकमा सहभागिता छ। बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै […]

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ ।

रास्वपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । सभापति रवि लामिछानेले बैठकपछिको पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले जनभावना र जनमतको कदर गर्नुपर्ने हुन्छ, यस पटकको उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट नै सशक्त प्रतिपक्षको …

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ। सरकारलाई दिएको समर्थन, समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा ती बैठकमा छलफल हुने जनाइएको छ। पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार सोमवार पार्टी कार्यालय बसुन्धरामा बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे…

रास्वपा गृह मन्त्रालय पाए मात्र सरकारमा जाने, १६ केन्द्रीय सदस्य थपिए (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्कालका लागि सरकारमा सहभागी नहुने निर्णय गरेको हो । पूर्वसहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय भएको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । त्यसैगरी सो पार्टीले केन्द्रीय समिति विस्तार गरी …

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो तीन बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय समिति विस्तार गर्नेबारे छलफल हुने बताइएको छ ।

देशभर संगठन विस्तार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, यस्तो छ तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको हो। पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन विस्तार गरिने उल्लेख छ। साथै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिनेछ। जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने पार्टीको तयारी छ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।