अस्पताल स्तरोन्नती गरिएको डेढ वर्षमा पनि पठाइएन सिरहामा कर्मचारी, बिरामीको चाप धान्नै मुश्किल

लहान– दरवन्दीअनुसार चिकित्सक र कर्मचारी नहुँदा जिल्ला अस्पताल सिरहाको सेवा प्रभावित छ। सदरमुकाम सिरहास्थित ५० वेडको जिल्ला अस्पताल १५ बेडका चिकित्सक र कर्मचारीको भरमा सञ्चालन भइरहेको छ। थोरै संख्यामा रहेका स्वास्थ्यर्मी र कर्मचारी पनि अधिकांश करारमा छन्। अस्पताल प्रशासनका अनुसार बिरामीको चाप वढेपछि १५ वेड सञ्चालन भइ...

सम्बन्धित सामग्री

पर्वत अस्पताल : आकस्मिक सेवाका बिरामी ७१० प्रतिशतसम्म बढे

पर्वत : जिल्लाको सबैभन्दा ठूलो सरकारी अस्पताल ‘पर्वत अस्पताल’ मा पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांकलाई हेर्दा आकस्मिक सेवामा ७१० प्रतिशतसम्म सेवाग्राही बढेको पाइएको छ।अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुक्मीना अधिकारीका अनुसार २०७७, २०७८ र २०७९ सालको साउनदेखि पुससम्मको ६ महिनामा प्रवाह गरिएका सेवाका तथ्यांकले यो देखाएको थियो। पछिल्ला तीन वर्षमा सबैभन्दा बढी चाप आकस्मिक सेवामा देखिएको छ। ओपिडी र आकस्मिक गरी दुई प्रकारका सेवामध्ये आकस्मिक सेवामा बिरामीको चाप बढी रहेको छ

सुविधा बढाउँदै कर्णाली प्रदेश अस्पताल

वीरेन्द्रनगर । कर्णाली प्रदेश अस्पताल सुविधासम्पन्न बनाउन भौतिक पूर्वाधारसँगै सेवा पनि विस्तार गरिएको छ । पाँच सय शय्यासहितको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्न थालिएको हो । पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको काम पनि अघि बढाइएको छ । विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकको व्यवस्था गरिने भएको छ । अस्पतालका निर्देशक डा. डम्मर खड्काले अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएको जानकारी दिए । तला थप गर्न प्रदेश सरकारले करीब रू. डेढ अर्ब बजेट छुट्ट्याएको छ । आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको उनले उल्लेख गरे । भौतिक पूर्वाधार विकास सँगसँगै अस्पतालको स्वास्थ्य सेवामा पनि सुधार र विस्तार गरिँदै छ । अस्पताल आएका बिरामीलाई अन्यत्र स्वास्थ्य संस्थामा पठाउन नपर्नेगरी सुविधा विस्तार गर्न लागिएको छ । हालै मात्र अस्पतालले मिर्गाैला प्रत्यारोपण सेवा पनि सञ्चालनमा ल्याएको छ । यहाँ अहिलेसम्म मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । मिर्गौला प्रत्यारोपण गर्नुपरेमा काठमाडौं नै जानुपर्ने बाध्यता रहेकोमा अब भने यस्तोे जटिल उपचार सेवा कर्णालीमै पाइने भएपछि बिरामीलाई निकै सहज हुने अपेक्षा गरिएको छ । यसैगरी अस्पतालले अप्थाल्मोलोजी, न्यूरो सर्जरी र स्पाइनल सर्जरी सेवा थप गरेको छ । अक्सिजन प्लान्टको व्यवस्थाका साथै पाइप लाइन जडान तथा सञ्चालन पनि हुँदै आएको छ । अस्पतालले रक्तसञ्चार सेवा सञ्चालन र खाना पकाउने सोलार सिस्टम जडान गर्न लागेको छ । यस वर्ष अस्पतालले ‘ख’ वर्गको एम्बुुलेन्स सञ्चालन र अस्पतालका कर्मचारीको ५० प्रतिशत स्वास्थ्य बीमा शुरू गरेको छ । त्यसैगरी अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्न पनि पहल भइरहेको छ । यसका लागि ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ऐनको मस्यौदा तयार पारी सरोकारवालासँग छलफल गराइएको छ । सेवा विस्तारसँगै पछिल्लो समय अस्पतालमा बिरामीको चाप पनि बढेको छ । कर्णाली प्रदेशसँगै लुम्बिनी र सुदूरपश्चिमसहित भारतबाट समेत उपचारका लागि बिरामी आउने गरेकाले अस्पतालमा बिरामीको चाप बढ्न थालेको निर्देशक डा. खड्काले बताए । रासस

चीनमा कोभिडका कारण दिनमै ३६ हजारको मृत्यु हुने चेतावनी !

पेचिङ (चीन) । गएको महीना चीन सरकारले कोभिडविरुद्ध शून्य सहनशीलताको नीति खारेज गरेपछि त्यहाँ कोरोना भाइरसको संक्रमण विष्फोटक रूपमा बढिरहेको छ । चीनमा आगामी लुनार नयाँ वर्षको सार्वजनिक बिदामा एक दिनमै ३६ हजार मानिसको कोभिडकै कारण मृत्यु हुन सक्ने विश्लेषण गर्न लागिएको छ । स्वतन्त्र विश्लेषक संस्था एयरफिनिटी लिमिटेडले यसअघि डिसेम्बर २९ मा गरेको अनुमानको तुलनामा सम्भावित मृतकका संख्या ११ हजारले बढाएको छ । यसले विश्वको सबैभन्दा धेरै जनसंखया भएको देश चीनमा संक्रमण कति डरलाग्दो गरी फैलिरहेको छ भन्ने उजागर गरेको छ । चीनको क्षेत्रीय प्रान्तहरू र कोभिडविरुद्ध शून्य सहनशीलता नीति लिएका अन्य देशमा सो नीति हटाएपछि बढेको संक्रमणको आधारमा यो अपडेट गरिएको लन्डनस्थित एयरफिनिटीले भनेको छ । चीनले लामो अनि गम्भीर संक्रमणको लहर देख्ने बताइएको छ । लुनार नयाँ वर्षको सार्वजनिक बिदामा करोडौं चिनियाँहरू आफ्नो घरपरिवारको सदस्यलाई भेट्न पुर्ख्यौली घर जान्छन् । आगामी १५ दिन चीनको स्वास्थ्य उपचार प्रणालीमा निकै ठूलो भार थपिने अनुमान आफूहरूले गरेको एयरफिनिटीका विश्लेषणत्मक निर्देशक म्याट लिन्लेले बताएका छन् । अस्पतालमा बिरामीको चाप र स्वास्थ्य उपचारको अभावका कारण उपचार गरेर निको पार्न सकिने बिरामीको समेत मृत्यु हुने बताइएको छ । चीनको हेनान, कान्सु, छिङहाई र युनानलगायत प्रान्तमा अहिले नै संक्रमण उत्कर्ष पुगिसकेको छ । नयाँ वर्षको समयमा गाउँ जानेको संख्याका कारण ग्रामीण क्षेत्रमा पनि संक्रमण यसअघि अनुमान गरिएको भन्दा तीव्र दरमा फैलिने विश्लेषणात्मक सूचकहरूले देखाइरहेका छन् ।कोभिडको विद्यमान लहरमा चीनमा पहिलो ५ हप्तामा अस्पतालमा भर्ना भएर उपचाररत् झन्डै ६० हजार कोभिडका बिरामीको मृत्यु भएको थियो । चीनमा कोभिडको महामारी शुरु भएयता यो वर्ष पहिलो पटक मानिसहरू लुनार नयाँ वर्षमा बिना कुनै रोकटोक यात्रा गर्न सक्ने भएका छन् । गएको तीन वर्षमा भने कोभिड नियन्त्रण गर्ने सरकारको कठोर नीतिका कारण यो पर्वमा मानिसहरूको चलहपहलमा उच्च कमी आएको थियो । तर, यो वर्ष चीनले कोभिडसम्बद्ध सबै प्रतिबन्धहरू हटाएको अनि सीमा खुला गरेसँगै यो वर्ष चीनको यात्रामा उल्लेख्य सुधार आएको छ । यो वर्ष सार्वजनिक बिदाका बेलामा २ अर्ब १० करोडभन्दा धेरै यात्रा हुने अनुमान अधिकारीहरूको छ । यो गत वर्षको भन्दा दोब्बर भए पनि कोभिड शुरु हुनुअघि सन् २०१९ को तुलनामा भने ७० प्रतिशत मात्रै हो । एजेन्सी

मुटु, दम, किड्नी र क्यान्सर : मुलुकमा नसर्ने रोगको सुषुप्त महामारी

नेपालीले भोगिरहेका प्रमुख स्वास्थ्य समस्या थाहा पाउन हामीले सर्वसाधारण बिरामीको चाप हुने वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएको एक वर्षमा उपचार गर्न गएका करिब ६० हजार बिरामीको तथ्यांक केलाएका छौं ।

कर्णाली प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दै

काठमाडौं । सुर्खेतस्थित प्रदेश अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । अस्पतालले आफ्नो विशेषज्ञ डाक्टरहरु र सेवा बढाएसँगै बिरामीको चाप बढेको हो । एक वर्षमा ६१ हजार बढी बिरामीहरुले आकस्मिक र ओपिडि सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा देशभरबाट ५० भन्दा बढी जिल्ला र भारतबाट समेत उपचारका लागि विरामी आउने गरेको छन् । १६ […]

प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दै

कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रदेश अस्पतालमा विरामीको चाप बढ्न थालेको छ। अस्पतालले आफ्नो विशेषज्ञ डाक्टरहरु र सेवा बढाएसंगै विरामीको चाप बढेको हो। एक वर्षमा ६१ हजार बढी विरामीहरुले आकस्मिक र ओपिडि सेवा दिएका छन्।

प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दै

कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रदेश अस्पतालमा विरामीको चाप बढ्न थालेको छ। अस्पतालले आफ्नो विशेषज्ञ डाक्टरहरु र सेवा बढाएसंगै विरामीको चाप बढेको हो। एक वर्षमा ६१ हजार बढी विरामीहरुले आकस्मिक र ओपिडि सेवा दिएका छन्।...

१४ करोड अनुमानित लागतमा भरतपुर आँखा अस्पतालको नयाँ भवन शिलान्यास

फागुन ३, चितवन । भरतपुर आँखा अस्पतालको नयाँ भवनको शिलान्यास गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण प्रक्रिया थालिएको बताइएको छ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले सोमवार भवनको शिलान्यास गरेकी हुन् । अस्पतालले कुल रू. १४ करोड ३५ लाख खर्च लागतमा सुविधा सम्पन्न भवन बनाउन लागेको हो । भवन निर्माणको पहिलो चरण अन्तर्गतको कामको लागि रू. ४ करोड १२ लाख ५० हजार ५९३ लागतमा काम शुरु गर्न लागेको अस्पतालले जानकारी दिएको छ ।  बजेट अभावका कारण हाललाई सुरुवात मात्रै गर्न लागिएको नेपाल नेत्र ज्योति संघका सभापति एवम् भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेलले जानकारी दिए ।  निर्माण थालेको ६ महीनामा पहिलो चरणको काम सम्पन्न गराउने लक्ष्य रहेको छ । तीन तलाको उक्त भवन निर्माण सम्पन्न भएमा भुईतलामा बच्चा (पेडियट्रिक) वार्ड, पहिलो तलामा जनरल वार्ड र दोस्रो तलामा शल्यक्रिया कक्ष सञ्चालन हुनेछ । अस्पतालमा हाल ६२ शय्या सञ्चालनमा रहेका छन् । अस्पतालमा नवनिर्मित भवन निर्माणको काम सकिएसँगै १०० शय्या थप हुने अस्पतालका प्रशासक दयाशंकर चौधरीले जानकारी दिए । यो भवनबाट पनि सेवा सञ्चालन भएपछि आँखाको समस्या सम्बन्धी सेवाग्राहीलाई जटिलभन्दा जटिल खालका समस्या उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने चौधरीको भनाइ छ । शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले भवन निर्माणका लागि महानगरले १ करोड रुपैयाँ सहयोग गर्ने बताइन् । उनले तत्काल आधा रकम र बाँकी आगामी आर्थिक वर्षमा प्राप्त हुने गरी सुनिश्चितता गराउने प्रतिबद्धता व्यक्त गरिन् । सरकारको एक शहर एक पहिचान रुपमा भरतपुर मेडिकल सिटीको रुपमा विकास भएको भन्दै उनले यहाँको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन महानगर लागिरहेको दाहालको भनाइ थियो ।  वि.सं. २०४४ साल चैत १८ गते आँखा रोगको निदान एवम् उपचारको उद्देश्य राखेर स्थापना भएको अस्पतालले बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण गर्न लागेको हो ।  स्थापना कालमा ३६ शय्याबाट सेवा दिएको अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया, जलविन्दुको शल्यक्रिया, क्यालेजियन टेरिजियम र अन्य आँखाका सामान्य रोगहरुको निदानका गरिनुका साथै चश्मा र औषधि सेवा उपलब्ध थिए । अस्पतालले सेवा विस्तार गर्दै लगेको छ । हाल अस्पतालमा बहिरंग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरंग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवाहरु, चस्मा जाँच सेवा, सामान्य शल्यक्रिया, आँखा स्वास्थ्य परामर्श सेवा लगायतका सेवा उपलब्ध रहेको  अस्पतालले जनाएको छ । भरतपुर आँखा अस्पतालमा मात्रै हाल दैनिक ४ सयदेखि पाँच सय बहिरंग सेवाका बिरामी आउने गरेका छन् भने १५ देखि २० जनाको शल्यक्रिया हुने गरेको छ ।

भरतपुरको ट्रमा अस्पतालमा १० वर्षमा १८ हजार शल्यक्रिया

एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन् । विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन् । अस्पतालका कार्यकारी अध्यक्ष तथा प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा प्रमोद लामिछानेले आफ्नो अध्ययनपछि यहाँ अस्पताल खोलेका हुन् । अस्पतालले आज १०औँ वर्ष पार गरेको छ ।डा लामिछानेले भने, “पहिलो वर्ष हामी नयाँ थियौँ, धेरैले विश्वास गरेनन्,” उनले थपे, “जब हामीले छिटो र राम्रो सेवा दिन थाल्यौँ अनि बिरामीको चाप बढ्

शैक्षिक प्रतिष्ठान बन्दै भरतपुर अस्पताल

भरतपुर अस्पतालमा बिरामीको चाप बढिरहेको छ। बिरामीको बढ्दो चापलाई थेग्न जनशक्ति र पूर्वाधार भने पर्याप्त नरहेको बताइएको छ। आर्थिक वर्ष २०७८/७९ मा भरतपुर अस्पतालमा दुई लाख ८० हजार ५११ जना बिरामीको उपचार भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। भरतपुरमा शनिबार आयोजित अस्पतालको वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार सो आर्थिक वर्षमा अस्पतालको ओपीडीमा दुई लाख ५२ हजार ८९४ र आकस्मिक तर्फबाट २७ हजार ६१७ बिरामीको उपचार भएको हो। सो अस्पतालमा आव २०७७/७८ मा एक लाख ७१ हजार १३ र २०७६/७७ मा दुई लाख ५२ हजार ६९ जना बिरामीले उपचार गराएका छन्।