भारतीय राष्ट्रिय कंग्रेसभित्रको विवादले सो पार्टीको राष्ट्रिय नेतृत्व चयनमा पनि असर गरेको छ । राजस्थान कांग्रेसभित्र राजनीतिक संघर्षका कारण राज्यका मुख्यमन्त्री अशोक गहलोत कंग्रेस अध्यक्ष पदमा नलड्ने घोषणा गरेका छन् ।यही विवाद मिलाउन राज्यका मुख्यमन्त्री अशोक गहलोत बुधबार साँझ दिल्ली पुगेका छन् । बिहीबार उनले पार्टी प्रमुख सोनिया गान्धीसँग भेट गरे । राजस्थान कंग्रेसभित्र गहलोतका प्रतिद्वन्द्वी मानिने सचिन पायलट पनि दिल्लीमै छन् ।कांग्रेस पार्टीको आगामी अध्यक्ष बन्ने दौडमा अग्रस्थानमा रहेका गहलोत