काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद लिङ्देनले सांसद पद त्यागेको घोषणा गर्नुभएको छ ।
आइतवारकाे प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद लिङ्देनले प्रतिनिधि सभाको यस कार्यकालमा सांसदको रूपमा संसदमा उपस्थित नहुने घोषणा गर्नुभएको हो । उहाँले आफूले पाउने तलब, भत्ता तथा सुविधाको समेत रोक्का गर्न संसद् सचिवालयलाई आग्रह गर्नुभयो । उहाँले संसद्को आयु मङ्सिर ४ गतेको चुनावपछि पनि कायम राख्ने गरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय लिएको जानकार...