आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

पाल्पा : वनमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माथागढी गाउँपालिका–४ झडेवाका ६५ वर्षीय मानबहादुर सिंजाली छन्।सिंजालीको शनिबार दिउसो आगो निभाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। स्थानीय दानसिंगा सामुदायिक वनमा आगलागी भएपछि उनी निभाउन पुगेका थिए।आगो बढ्दै गएपछि दिउँसो करिब चार बजे उनको सोही ठाउँमा जलेर मृत्यु भएको त्वातीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

सम्बन्धित सामग्री

गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

३ वैशाख, गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ …

अर्घाखाँचीको भूमिकास्थानमा आगो निभाउने क्रममा जलेर घाइते भएका तीन जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ

वनमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

सल्यान । वनमा लागेको आगो निभाउने क्रममा सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ डाडाँकटेरीका अन्दाजी ५७ वर्षीय दल बहादुर बुढाथोकीको मृत्यु भएको हो । दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा आगोको लप्काले जलेर उनको मृत्यु भएको सिद्ध कुमाख गाउँपालिका ३ का वडाअध्यक्ष जीवराज बोहोराले […]

वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

सल्यान : वनमा लागेको आगो निभाउने क्रममा सल्यानमा एक जनाको मृत्यु भएको छ। जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ डाडाँकटेरीका अन्दाजी ५७ वर्षीय दल बहादुर बुढाथोकीको मृत्यु भएको हो।दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा आगोको लप्काले जलेर उनको मृत्यु भएको सिद्ध कुमाख गाउँपालिका ३ का वडाअध्यक्ष जीवराज बोहोराले जानकारी दिए। उनका अनुसार बुढाथोकी खोटोको काम गर्ने भएका कारण खोटोको बाकस बचाउने क्रममा शनिबार दिउँसो आगोमा परेर मृत्यु भएको हो।घटनाको अनुसन्धानका&

जङ्गलमा आगो निभाउँदा एकको मृत्यु, एक गम्भीर घाइते

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको हो । सोही आगलागीमा परी मृतक बोहराका भाइ २१ वर्षीय बोहरा घाइते भएका छन् । सोमबार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा मनबहादुरको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायिक जंगलमा लागेको लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो २६ वर्षीय मबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

झापामा आगो निभाउने क्रममा एक जनाको मृत्यु, १२ जना घाइते

२२ पुस, काठमाडौं । झापामा घरमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । मेचीनगर नगरपालिका-८ का ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको हो । बुधबार राति  मेचीनगर नगरपालिका-७ पिपल चोकस्थित केशब पाठकको एक तले कच्ची घरमा लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

आगो निभाउने क्रममा ग्यास विस्फोट, १ जनाको मृत्यु, १२ जना घाइते

झापाको मेचीनगरमा भएको आगलागीमा आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा  मेचीनगर नपा-८ बस्ने ४५ वर्षीय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागी एन्जल मेडिकल धुलाबारी लगेकोमा उक्त मेडिकलमा पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुधबार राति साढे ९ बजेको समयमा मेचीनगर नपा वडा नं. -७ पिपल चोक बस्ने केशव पाठकको १ तले कच्ची घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा उक्त घरमा रहेक

उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी ९ जनाको मृत्यु

उत्तरपूर्वी चीनको डालियान शहरको एक बजार मुनिको भूमिगत क्षेत्रमा शुक्रबार भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। उक्त दुर्घटना शुक्रबार बिहान ११: ११ मा भएको थियो र दिउँसो १:०० बजे आगो निभाइएको थियो।आगो निभाउने क्रममा नौ जना पीडित मध्ये एकजना अग्नि नियन्त्रकको मृत्यु भएको थियो । पाँच जना सामान्य घाइते भएका छन् र उपचाररत छन् ।   त्यसैगरी चार जना अझै अस्पतालमा छन् भने एक जना डिस्चार्ज भइसकेका छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ ।

आगो निभाउने क्रममा एक जनाको मृत्यु

जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुऱ्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले बताए । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताए । लामाको गए राति मृत्यु भएको हो ।