आगो निभाउने क्रममा एक वृद्ध घाइते, पाँच गोठ जले

तम्घास – गुल्मीको छत्रकोट गाउँपालिकामा आगो निभाउने क्रममा एक वृद्ध घाइते भएका छन् । छत्रकोट–२ का ७१ वर्षीय सूर्यबहादुर रजाली आज आगो निभाउने क्रममा आगलागीमा परी घाइते भएका सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक नीवनकुमार खड्काले जानकारी दिए । आगलागीबाट घाइते भएका रजालीको स्थानीय श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । […]