विराटनगर : राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ठेकेदारले काम रोकेपछि राजमार्गले छोएका ६ मध्ये ५ वटा स्थानीय तह, संघ र प्रदेश सांसदले आन्दोलन गर्ने चेतावनी दिएका छन्।७ दिनभित्र अलपत्र पारिएको सडक निर्माण सुरु नगरे जनतासँगै सडकमा उत्रिने सांसदले चेतावनी दिएका हुन्। ठेकेदारले आर्थिक कारण देखाउँदै काम रोकेका हुन्।मोरङ क्षेत्र-२ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, क्षेत्र-५ का सांसद योगेन्द्र मण्डल, प्रदेश सांसद गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीम पराजुली, गयानन्द