डाक्टर कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन चिकित्सक संघको अल्टिमेटम

२८ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन सरकारलाई अल्टिमेटम दिएको छ । संघले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो। संघले बिहीबार पत्रकार सम्मेलन गर्दै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई […]

सम्बन्धित सामग्री

डाक्टर कुटपिट घटना : स्वास्थकर्मीद्वारा प्रदेशसभा अगाडि प्रदर्शन

हेटौंडा । चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले बागमती प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् । पीडित चिकित्सकले न्याय पाउनुपर्ने माग गर्दै स्वास्थकर्मीहरुले प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डाक्टर प्रशान्त बिडारी र विकास थापामाथि आक्रमण भएको थियो ।

डाक्टर कुटपिट घटना : दुईजनाविरुद्ध मकवानपुर प्रहरीमा किटानी जाहेरी

हेटौंडा । एक महिनाअघि अर्कै अस्पतालमा बिरामीको मृत्यु भएको विषयलाई लिएर हेटौंडा उपमहानगरपालिका- १ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कडा कारबाहीको माग गर्दै स्वास्थकर्मीको समूहले दुईजनाविरुद्ध किटानी जाहेरी दिएका छन् । नेपाल चिकित्सक संघले मृतक राजेश प्रधानका छोरा रोहित प्रधान र भतिज अनुप प्रधानविरुद्ध किटानी दिएको जिल्ला […]

गोरखा अस्पतालका डाक्टर कुटपिट मुद्दालाई कमजोर बनाउन खोजिएको आरोप

गोरखा – गोरखा अस्पतालका डाक्टर कुटपिटको मुद्दालाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै नेपाल चिकित्सक सङ्घले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । सङ्घका केन्द्रीय उपाध्यक्ष डा. अनिल कार्कीसहितको टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतसँग भेटघाट गरी पीडितलाई न्यायको प्रत्याभूति हुने गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउन माग गरेको हो ।  कार्यकक्षमै ढोका थुनेर डाक्टरलाई कुटपिट गरिएको घटनामा अभद्र व्यवहारको कमजोर मुद्दा चलाएर दोषीलाई उन्मुक्ति दिन खोजिएको आशङ्का बढेको डा. कार्कीले बताउनुभयो । स्वास्थ्यकर्मी त...

डाक्टर कुटपिट प्रकरण : दैनिक एक घण्टा ओपीडी बन्द

भदौ २ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका आकस्मिक कक्षमा कार्यरत डा. करण साहमाथि भएको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आन्दोलन जारी राखेका छन् । उनीहरुले डाक्टर कुट्ने प्रतिष्ठान प्रशासनका कर्मचारी धनबहादुर शाहीलाई हदैसम्म कारबाहीको माग गरेका छन् ।

वीरगञ्जमा डाक्टर कुटपिट गर्नेलाई तत्काल कारबाही गरः नेपाल चिकित्सक संघ

काठमाडौँ- नेपाल चिकित्सक संघले वीरगञ्जको एडभान्स मेडिकेयर अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने दोषीहरुलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गरेको छ। संघले विज्ञप्तिमार्फत विरगञ्जमा...