काठमाण्डाै – नेपाल चिकित्सक सङ्घले हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी दायरामा नल्याएमा देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
चिकित्सक सङ्घले आज बिहीवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर हेटौँडाको सञ्चाे अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि भएको कुटपिटको निन्दा गर्दै आफ्ना माग पूरा नभएमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको हो । बिरामीको उपचारमा लापर्बाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट भएको सङ्घको दा...