काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएकी छन्। सोमवार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरूलाई पुरस्कार वितरण गर्दै उनले परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्वलाई उजागर गर्न आवश्यक रहेको बताएकी हुन्। नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरूलाई संकलन गरी बाहिर ल्याउनुपर्ने आवश्यक रहेको बताइन्। उनले नेपाली सिर्जनाहरू पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने