गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा कोभिड–१९ संक्रमण, शीतलहरको अवस्था र सरकारले गरीब र अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन वार्ता गरेका छन् ।
शनिवार बिहान गृहमन्त्री खाणले मनाङ, डडेलधुरा, गोरखा, ताप्लेजुङ, बझाङ, सोलुखुम्बु, मुगु, खोटाङ, ओखलढुंगा, सुनसरी, उदयपुर, पाँचथरका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरे ।
त्यस्तै सिन्धुपाल्चोक, इलाम, रसुवा, म्याग्दी, लमजुङ, सप्तरी, रौतहट र पर्वतका प्रमुख जिल्ला अधिक...