गृहमन्त्री बालकृष्ण खाणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर पहिरोले गरेको क्षतिबारे जानकारी लिएका छन् । कास्कीका सिडिओ थानेश्वर गौतम र तनहुँका सिडिओ सागर आचार्यलाई फोन गरेर गृहमन्त्रीले पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग बिहान भएको कार दुर्घटनाबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।मन्त्री खाणले प्राकृतिक विपतमा परेकाहरुको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएका छ