नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
तराई–मधेशका मैथिली र थारु महिलाले हर्षोल्लासपूर्वक मनाउने जितिया पर्वको अवसरमा बुधवार आयोजित एक कार्यक्रममा उनले सांस्कृतिक निधि, पारिवारिक र सामुदायिक सद्भाव, शान्ति, एकता र आपसी सहयोग अभिवृद्धि गर्ने माध्यम भएकाले यस पर्वको संरक्षण गर्नुपर्ने बताए ।
सहमहामन्त्री डा. महतले नेपाली कांग्रेस हाम्रा धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन गर्दै नेपाली समाजलाई समुन्नत र सुसंस्कृति बनाउन कटिबद्ध रहँदै...