काठमाडौँ : अर्थतन्त्रमा सुधार ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महत असफल देखिएका छन् । अर्थमन्त्री डा महत पार्टी सभापति शेरबहादुर देउवा र देउवा परिवारको वरिपरि मात्रै घुम्दा सुधार ल्याउन असफल देखिएका अर्थतन्त्रका विज्ञहरुले बताएका छन् । महतले नचाहँदा-नचाहँदै देउवाको दबाबमा अर्थ सचिवमा दौडधुप र शक्तिकेन्द्र रिझाउन खप्पिस कृष्णहरि पुस्कर अर्थ मन्त्रालयबाट बाहिरिएको आठ महिनापछि अर्थ मन्त्रालयमै फर्किएका छन् । आफैंले रुचाएका अर्थसचिवबाट प्रगति आउन नसकेका बेला पुष्कर आएपछि झन् समस्या बल्झिने अनुम