रुस-युक्रेन युद्धको असरः नेपालमा कालोबजारी, कृत्तिम अभाव देखि व्यवसायीको चेतावनीसम्म

काठमाडौं, २९ फागुन । रुस र युक्रेनबीचको युद्धले विश्वभरको अर्थतन्त्रमा असरहरु पर्न थालेका छन् । पेट्रोलियम पद्धार्थ र प्राकृतिक ग्याँसको मूल्य आकाशिएको छ । खाद्यान्नको पनि मूल्य बढेको छ । पेट्रोलियम पद्धार्थको मूल्य बढिरहँदा ढुवानी व्यवसायीले कमिशन बढाउनुपर्ने माग राखिसकेका छन् । ग्याँस ढुवानीकर्ताहरुले पनि भाडा वृद्धिको माग गरेका छन् । यसले बजारमा ग्याँसको कृत्तिम […]

सम्बन्धित सामग्री

फेरि आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं।  निर्माण व्यवसाय क्षेत्रका समस्या समाधानमा सरकारले बेवास्ता गरेपछि निर्माण व्यवसायीले फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले म्याद थपको विषयलाई गम्भीर रूपमा नलिँदा निर्माण सम्पन्न भइसकेको ४० अर्ब रुपैयाँभन्दा बढीको बिल पेश गर्न नसकेको निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले जानकारी दिएको छ ।  सकिएको कामको भुक्तानीलगायत निर्माण व्यवसायसँग सम्बन्धित माग पूरा गराउन महासंघले पटकपटक आन्दोलन गर्दै आएको छ । विगतमा गरेका आन्दोलन र त्यसपछि सरकारसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै महासंघले सोमवार प्रेस विज्ञप्ति जारी गरेर पुन: आन्दोलन गर्ने बताएको हो ।  ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र महालेखा परीक्षकलगायतका निकायले निगरानी गर्ने त्रासको कारणले ती बुँदाहरू कार्यान्वयन गर्न नसकिने सरकारी कार्यालयहरूले जनाएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक खरीद नियमावली संशोधन भएपछि मात्र सहमति लागू गर्न सकिने बेहोरा कर्मचारीबाट अनौपचारिक जानकारी हामीले पाएका छौं ।’ सहमति कार्यान्वयन नभएको कारण म्याद थप हुन नसकी ४० अर्ब रुपैयाँभन्दा बढी रकम बराबरको बिलसमेत निर्माण व्यवसायीले सम्बन्धित कार्यालयमा पेश गर्न नसकेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । राज्यबाट समयमा भुक्तानी नपाउँदा बैंक ऋण, राजस्व, सप्लाई चेन, निर्माण मजदूरलाई भुक्तानी गर्न नसकेको उल्लेख गरिएको छ । यसले अर्थतन्त्रमा नै नकारात्मक असर परेको महासंघले उल्लेख गरेको छ ।  सकिएको कामको भुक्तानीलगायत निर्माण व्यवसायसँग सम्बन्धित माग पूरा गराउन महासंघले पटकपटक आन्दोलन गर्दै आएको छ । सरकारी उदासीनताका कारण निर्माणसँग सम्बन्धित उद्योग नै बन्द हुने स्थिति रहेको पनि महसंघको विज्ञप्तिमा उल्लेख छ । म्याद थप गर्ने, माइलस्टोन खारेज गर्ने, मूल्य समायोजन गर्ने, म्याद थप हुन नसक्ने आयोजना सुविस्ताको आधारमा अन्त्य गरी फरफारक गर्ने लगायत सहमतिका बुँदा कार्यान्वयन नभएको महासंघको भनाइ छ । आर्थिक रूपमा धराशयी भएका व्यवसायी आत्मदाहको अवस्थामा पुगेको जारी विज्ञप्तिमा उल्लेख छ ।  महासंघले समस्या समाधानका लागि राज्य अब पनि गम्भीर नभए जटिल अवस्था उत्पन्न हुनसक्ने चेतावनी दिएको छ । सहमति यथाशीघ्र कार्यान्वयन नभएको खण्डमा समग्र निर्माण उद्योगको हकहितका लागि सशक्त र अन्तिम आन्दोलन गर्न महासंघ बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । पूर्वाधार निर्माणको सिजनमै पर्याप्त मात्रामा पूँजीगत खर्च हुन नसकेको बेला निर्माण व्यवसायीले आन्दोलनको चेतावनी दिएका छन् ।

फेरि आन्दोलन गर्ने व्यवसायीको चेतावनी

बैंकको चर्को ब्याजदर, नेपाल राष्ट्र बैंकको चालू पुँजी कर्जा निर्देशिका २०७९ ले मुलुकमा आर्थिक संकटको प्रभाव गम्भीर रुपमा पारेको भन्दै आन्दोलनमा रहेको वीरगन्ज उद्योग वाणिज्य संघले थप आन्दोलनको घोषणा गरेको छ । संघले आइतबार पत्रकार सम्मेलन गरेर राष्ट्र बैंकले ल्याएको प्रावधानमा राज्य गम्भीर नभएको भन्दै अब आन्दोलनको विकल्पन भएको बताएको छ । नेपाल उद्योग वाणिज्य […]

ब्याजदर नघटाए आन्दोलन गर्ने होटल व्यवसायीको चेतावनी

पोखरा – बैंक तथा वित्तीय संस्थाले केही महिनायता वृद्धि गरेको ब्याजदर नघटाए आन्दोलनमा उत्रने चेतावनी पोखराका होटल व्यवसायीले दिएका छन् । वित्तीय संस्थाले वृद्धि गरेको चर्को ब्याजदर घटाउने काम गरिएन भने व्यवसायीले राष्ट्र बैंक र अर्थमन्त्रालयमा धर्ना दिनाका साथै तालाबन्दी गर्ने चेतावनी व्यवसायीले दिएका छन् । होटल सङ्घ पोखरा नेपालले शुक्रबार यहाँ पत्रकार भेटघाट कार्यक्रम […]

बैंकविरुद्ध हड्ताल गर्ने होटल व्यवसायीको चेतावनी

सिद्धार्थ होटल संघ भैरहवाले बैंकहरुको गलत कृयाकलाप तत्काल रोक्न माग गरेको छ । उनीहरुले बैंकले धम्किपूर्ण तरीकाले असुल गर्दै आएको भन्दै तत्काल रोक्न माग गर्दै नरोकिए होटल बन्द गरी आन्दोलनमा उत्रने बताएका छन् ।संघले विज्ञप्ति जारी गर्दै लगानीकर्ता बैंक, सरकारलगायत सरोकारवाला यो विषयमा गंभिर नभए होटल नै बन्द गरी आन्दोलनमा उत्रने र तालाचाबी सरकारलाई बुझाउने […]

जुनसुकै वेला इन्टरनेट बन्द हुन सक्ने व्यवसायीको चेतावनी

नेपालमा सञ्चालन भइरहेको इन्टरनेट सेवा जुनसुकै बेला पनि बन्द हुन सक्ने चेतावनी इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले चेतावनी दिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकका डाटा...

आफैँले गाडी भाडा बढाउने व्यवसायीको चेतावनी

काठमाडौँ । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीले आफैँ सार्वजनिक सवारीको भाडा दर समायोजन गर्ने चेतावनी दिएका छन् । डिजल – पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् । सरकारले बेवास्ता गरेर आफैँले भाडा समायोजन गरेर उठाउने नेपाल यातायात व्यवसायी […]

आफैंले गाडी भाडा बढाउने व्यवसायीको चेतावनी

२० फागुन, काठमाडौं । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीले आफैं सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने चेतावनी दिएका छन् । डिजल-पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् । सरकारले बेवास्ता गरेर आफैंले भाडा समायोजन गरेर उठाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय […]

बैंकको ज्यादतीविरुद्ध सडकमा उत्रिने व्यवसायीको चेतावनी

ललितपुर । कोरोना महामारीबाट संकटमा परेका व्यवसायीलाई बैंकले दुःख दिएको भन्दै बैंकको ज्यादतीविरुद्ध आफूहरू सडकमा उत्रिने उद्यमी व्यवसायीहरूले बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघ, राजस्व समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा समावेश गर्नुपर्ने विषयमा सुझाव संकलन गर्न ललितपुरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनीहरूले सो कुरा बताएका हुन् । संकटका बेलाको समय पारेर बैंकले उद्योगी […]

माघभित्र तरलताको समस्या समाधान हुने अर्थमन्त्री शर्माको दाबी

तरलताको अवस्था यस्तै रहे औषधि र खाद्यान्न आयात गर्नसमेत समस्या हुने व्यवसायीको चेतावनी बैंकलाई लगाइएको ३० प्रतिशत कर बढी भएको भन्दै घटाउन नेपाल बैंक तथा वित्तीय संस्था परिसंघको आग्रह संकटमा धेरै नाफा...

बारमाथिको आक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्ने कानून व्यवसायीको चेतावनी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा विरोध प्रदर्शन गरेका कानून व्यवसायीमाथि भएको प्रहरी दमनलाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी कानून व्यवसायीले दिएका छन् । सर्वोच्च अदालतभित्र एसएलआरसहितका हतियार लगेर आफूहरूको आन्दोलन दबाउन खोजेको भन्दै कानून व्यवसायीहरू आक्रोशित भएका हुन् ।  सर्वोच्चमा धर्नापछि बार प्राङ्गणमा बिहीवार आयोजित कार्यक्रममा अधिवक्ता ओमप्रकाश अर्यालले कानून व्यवसायीमाथि भएको दमनको विषयमा सर्वोच्चभित्र रहेका प्रहरीले सार्वजनिक माफी नमागे मानव अधिकारको मुद्दा हाल्ने चेतावनी द...