प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा विरोध प्रदर्शन गरेका कानून व्यवसायीमाथि भएको प्रहरी दमनलाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी कानून व्यवसायीले दिएका छन् ।
सर्वोच्च अदालतभित्र एसएलआरसहितका हतियार लगेर आफूहरूको आन्दोलन दबाउन खोजेको भन्दै कानून व्यवसायीहरू आक्रोशित भएका हुन् ।
सर्वोच्चमा धर्नापछि बार प्राङ्गणमा बिहीवार आयोजित कार्यक्रममा अधिवक्ता ओमप्रकाश अर्यालले कानून व्यवसायीमाथि भएको दमनको विषयमा सर्वोच्चभित्र रहेका प्रहरीले सार्वजनिक माफी नमागे मानव अधिकारको मुद्दा हाल्ने चेतावनी द...