युक्रेन अतिक्रमण थालेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन थप आक्रामक बनेका छन् । पाँच दिन लामो युद्धपछि युक्रेनसँग बेलारूसको सीमामा वार्ता गरिरहँदा रूसले ३६ देशका हवाई कम्पनीमाथि उडान प्रतिबन्ध लगाएको छ । रूसले लगाएको प्रतिबन्ध भोग्नेमा बेलायत, जर्मनी, स्पेन, इटली र क्यानडा पनि छन् । यूरोपेली संघ (ईयू) ले रूसी स्वामित्व रहेका, रूसमा दर्ता भएका र नियन्त्रण रहेका विमान कम्पनीहरूलाई आफ्नो हवाई क्षेत्रमा उपस्थिति जनाउन रोक लगाएसँगै पुटिन नेतृत्वको रूसले २६ देशका हवाई कम्पनीमाथि आफ्नो भूभागमा उडान