भक्तपुर–नगरकोट सडक खण्डमा स्थानीयको अवरोध

निर्माण सुरु भएको आठ वर्षसम्म पनि  सम्पन्न नगरेको भन्दै भक्तपुर नगरकोट मुख्य सडकका बासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले दुई दिनदेखि त्यहाँको बन्द गराएका छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै आएको पर्यटकीयस्थल नगरकोट जाने मुख्य सडक निर्माण अलपत्र पारेर निर्माण कम्पनीले स्थानीय बासिन्दा र व्यवसायीलाई निकै  सास्ती दिएको भन्दै छिटो सम्पन्न गर्न आन्दोलनस्वरुप सडक बन्द गराएका हुन् । सडक बन्द हुँदा यात्रुले सास्ती भोग्दै वैकल्पिक बाटो प्रयोग गर्नु परेको छ ।उनीहरुले सडकको बीचम