नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ओली सरकारका पालमा कयौँ अनियमिता भएका र जसका कारण देश आर्थिकरूपमा तहसनहस हुन पुगेको बताउनुभएको छ । उहाँले भ्रष्टाचार, अनियमितता तथा कम्युनिष्ट सरकारका अनेक ज्यादतिका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेका र वर्तमान सरकार निर्माण भएको समेत दावी गर्नुभयो । शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रममा पूर्व मन्त्री समेत …