खस्किँदो आर्थिक संकुचनले व्यवसायी मर्कामा

मुलुकमा रहेको विद्यमान आर्थिक चलायमानको गतिविधि हेर्दा मुलुकको अर्थतन्त्र निकै खस्केको अवस्था छ । कोरोना महामारीको असर वा रुस–युक्रेन युद्धको चपेटा भनौं, विगत लामो समयदेखि हाम्रो मुलुकको अर्थतन्त्र समस्यामा पर्दै आइरहेको तथ्य बाहिरिएको छ । विभिन्न व्यवसाय, वित्तीय संघसंस्था, पेसा, वर्गलगायत सबै क्षेत्रमा आर्थिक चलायमान सहज रूपमा हुन नसक्दा धेरै व्यवसायी घाटामा गई मर्कामा परेका […]

सम्बन्धित सामग्री

साठी अर्ब भुक्तानी नहुँदा निर्माण व्यवसायी मर्कामा

चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले राज्यबाट ६० अर्ब भुक्तानी लिन बाँकी रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भुक्तानीको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

पालिका किसानमैत्री नभएपछि लुहासुरका पुष्प व्यवसायी मर्कामा

भन्छन् – आर्थिक सहयोग चाहिँदैन तर पालिकाभित्र आयातित र प्लाष्टिकका मालालाई बिक्री वितरणमा रोक लगाइयोस्

पालिका किसानमैत्री नभएपछि लुहासुरका पुष्प व्यवसायी मर्कामा

भन्छन् – आर्थिक सहयोग चाहिँदैन तर पालिकाभित्र आयातित र प्लाष्टिकका मालालाई बिक्री वितरणमा रोक लगाइयोस्

अर्थतन्त्रमा देखिएको समस्याले निर्माण क्षेत्र पनि प्रभावित छ

मुलुकको अर्थतन्त्रमा देखिएको असहजताले अहिले उद्योगी व्यवसायी मर्कामा छन् । समस्या समाधानको मागसहित व्यवसायीहरू सडकमै आउन थालेका छन् । अर्थतन्त्रको अहिलेको अवस्थामा निर्माण व्यवसायी पनि अप्ठ्यारोमा परेको मनसिरी ट्रेडिङका प्रबन्ध निर्देशक सुशील श्रेष्ठ बताउँछन् । प्रस्तुत छ, निर्माण व्यवसायका समस्या, चुनौती लगायत समसामयिक विषयमा श्रेष्ठसँग आर्थिक अभियानका अनन्त्य सुन्दरले गरेको संवादको सार : अर्थतन्त्रको अहिलेको अवस्थालाई कसरी हेर्नुभएको छ ? मुलुकको अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन, विदेशी मुद्रा सञ्चिति, महँगी, शेयर बजार लगायतका अधिकांश सूचक सकारात्मक देखिँदैन । अर्थतन्त्र यो अवस्थाबाट गुज्रिँदै गर्दा त्यसको प्रत्यक्ष असर हामी निर्माण व्यवसायीलाई पनि परेको छ । आर्थिक व्यावसायिक क्षेत्रमा देखिएका समस्या समाधान हुनुपर्ने मागसहित उद्योगी व्यवसायी ठाउँ ठाउँमा आन्दोलित नै भएका छन् । निर्माण व्यवसायीको अवस्था चाहिँ कस्तो छ ? आर्थिक क्षेत्रमा देखिएको मन्दीको अवस्थाले हामी पनि सडकमै आउनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । समयमा काम नहुँदा, पैसा निकास नहुँदा, चर्को ब्याजदरलगायत कारण हामी समस्यामा छौं । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारले दूरदर्शी नीति बनाएर कार्यान्वयन गर्न आवश्यक छ । निर्माण व्यवसायीलाई गुणस्तरीय काम नगर्ने, समयमा सम्पन्न नगर्ने जस्ता आरोप लाग्ने गर्छ । यसबारे के भन्नुहुन्छ ? हाम्रो देशमा सबैजसो क्षेत्रमा हुने गरेका नराम्रा कामको मात्र चर्चा हुन्छ । मेरो विचारमा सबै निर्माण व्यवसायी खराब छैनन् । तोकिएको समयमै परियोजना सम्पन्न गर्ने निर्माण व्यवसायी पनि छन् । तर हाम्रोमा राम्रो कामको चर्चा हुँदैन । निर्माण व्यवसायीको खराब पक्ष औंल्याउँदै गर्दा राम्रा कामको प्रोत्साहन र त्यसको चर्चा गर्न पनि आवश्यक छ । मुलुकको विकासमा निर्माण व्यवसायीको कस्तो भूमिका हुन्छ ? हाम्रो मुलुकमा अहिलेसम्म राजनीतिक परिवर्तन मात्र भयो । आर्थिक परिवर्तन हुन सकेको देखिँदैन । त्यसैले अब मुलुकको समग्र विकासका लागि आर्थिक परिवर्तन आवश्यक छ । आर्थिक परिवर्तनका लागि सडक, पुल, अस्पताल लगायत पूर्वाधार विकास आवश्यक हुन्छ । पूर्वाधार विकासका लागि मुख्य भूमिका नै निर्माण व्यवसायीको हुन्छ । त्यसैले मुलुकको विकास र समृद्धिमा निर्माण व्यवसायीको भूमिका सर्वोपरि हुन्छ । पूर्वाधार विकासका लागि निकास भएको बजेट कत्तिको सदुपयोग भएको छ जस्तो लाग्छ ? हरेक वर्ष बजेटको ठूलो हिस्सा पूर्वाधार विकासका लागि छुट्ट्याइन्छ । तर बजेट सही ठाउँमा खर्च भएको देखिँदैन । पछिल्लो केही वर्षमा मुलुकमा बनेका भ्यू टावर र अस्पतालको संख्या तुलना गर्ने हो भने हामीले कस्तो खालको विकास र समृद्धि खोजेका हौं भन्ने प्रश्न उठ्छ । नेपालमा निर्माणका लागि आवश्यक पर्ने उपकरण ल्याउन सहज छ ? अहिले निर्माणाधीन परियोजना सम्पन्न गर्न उपकरणविना सम्भव छैन । तर त्यस्ता उपकरण नेपालमा उत्पादन नहुने भएकाले बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । राज्यले हामी व्यवसायीलाई नेपालमै एसेम्बल गरेर उपकरण बनाउन नीतिगत हिसाबले सहजीकरण गर्नुपर्छ । त्यसका लागि हामी सक्षम र तयार पनि छौं ।

अर्थमन्त्रीलाई ‘हत्यारा’ भन्दै उद्योगी व्यवसायी सडकमा उत्रिए

मोरङका उद्योगी व्यवसायीहरु अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सडकमा उत्रिएका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटले उद्योगीलाई मर्कामा पारेको भन्दै उनीहरुले बिहीबार मोरङको बुढीगंगा गाउँपालिकास्थित विराटनगर–धरान सडकखण्डमा विरोध प्रदर्शन गरेका हुन् ।मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बजेटले जिआई वायर, वनस्पती घ्यू तेल, सेनिटेरी प्याड तथा यार्न उद्योगहरुलाई मर्का पारेको बताए । उनले उद्योगीलाई मर्का पर्ने गरी ल्याइएको बजेट सच्याउन पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्रीले कुनै वास्ता नगरेपछि आफूहरु बाध्य भएर सडकमा उत्रिनुपरेको गुनासो गरे । ‘आफ्ना देशका उद्योगीलाई होइन, छिमेकी राष्ट्रका उद्योगीलाई पोस्ने काममा सरकार लागेको छ’ अध्यक्ष रिजालले भने, ‘उद्योग क्षेत्रलाई धराशायी बनाउन सरकार नै लाग्यो ।’ त्यस्तै उद्योग संगठन मोरङका अध्यक्ष सुयषराज प्याकुरेलले पनि अर्थमन्त्रीदेखि राजनीतिक दलका नेताहरुले त्रुटि सच्याउने विषयमा आफूहरुलाई झुक्याएको गुनासो गरेका छन् । अध्यक्ष प्याकुरेलले अर्थमन्त्रीले उद्योगीलाई मर्का पर्ने काम गर्दा पनि प्रधानमन्त्री उल्टै अर्थमन्त्रीको बचाउमा व्यस्त रहेको लगाए । ‘अहिले उद्योग धराशायी बनाउने क्रममा रहेका अर्थमन्त्री, कर्मचारीमाथि तथानाम गालीगलौच गर्ने मन्त्रीलाई समेत सरकारले बर्खास्त गर्न सकेको छैन’ उनले भने, ‘प्रधानमन्त्रीबाट पार नलाग्ने देखेपछि हामी माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न गयौँ, प्रचण्डले उद्योगीको माग जायज भएको र जायज माग पूरा गराउन अर्थमन्त्रीलाई दबाब दिने बताउनु भएको थियो, तर उनले पनि हामीमाथि छल गरे ।’ उनले उद्योगीसँग खेलाची नगर्न चेतावनी पनि दिए । मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले गत वर्ष पनि अर्थमन्त्रीले दलाली गरेर २४ वटा उद्योग बन्द गराएको भन्दै अर्थमन्त्री शर्मा उद्योग व्यवसाय क्षेत्रको हत्यारा भएको आरोप लगाए ।

लकडाउनले आर्थिक चपेटामा सैलुन व्यवसायी

बन्दाबन्दी खुकुलो हुँदै गए पनि सरकारले अझै केही समय सैलुन (नाइ) व्यवसाय सञ्चालनमा रोक लगाएपछि व्यवसायी मर्कामा परेका छन्।

लकडाउन प्रभावित यातायात व्यवसायीलाई आर्थिक सहयोग

म्याग्दी : लकडाउनबाट प्रभावित यातायात व्यवसायीलाई म्याग्दी यातायात व्यवसायी प्रालिले आर्थिक सहयोग गरेको छ। चैत्रदेखि यातायात बन्द भएपछि यातायात व्यवसायी मर्कामा परेको भन्दै प्रालिले १६० जना व्यवसायीलाई प्रतिव्यवसायी सात हजार ५०० रुपैयाँ राहत वितरण गरेको हो। म्याग्दी यातायात व्यवसायी सञ्चालक समितिका अध्यक्ष लालबहादुर थापाको अध्य...

लकडाउन लम्बिँदा यातायात व्यवसायी मर्कामा

दैनिक कमाएर बैङ्कको किस्ता तिर्दै आएका यातायात व्यवासायी लकडाउनका कारण आर्थिक समस्यामा परेका छन् । गाडी चलाएर कमाउन नपाउने तर बैङ्कले ब्याज र किस्ता नछाड्ने भएपछि उनीहरू समस्यामा परेका हुन् । लामो समय लकडाउन हुने र बैङ्कले एक सुका पनि नछोड्ने हो भने व्यवसायी यातायात क्षेत्रबाट पलायन हुने अवस्थामा पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।