लकडाउन अन्त्य गर्ने सरकारको निर्णय, केही क्षेत्र बन्द रहने - BBC News नेपाली

सरकारले गत चैतदेखि लगाएको लकडाउन अन्त्य गर्ने निर्णय गरे पनि कतिपय क्षेत्रमा लगाइएको प्रतिबन्ध अझै केही समय जारी रहने जनाएको छ।

सम्बन्धित सामग्री

श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने गरी तोक्ने सरकारको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने गरी तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

विश्वकपको कारण कतारमा दूतावास खुल्ने समय परिवर्तन

काठमाण्डौ – फिफा विश्वकपका लागि कतारमा रहेको नेपाली दूतावास खुल्ने समय परिवर्तन भएको छ । कतार सरकारको निर्णय अनुसार नै दूतावास खुला रहने समय परिवर्तन गरिएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । कात्तिक २७ गतेदेखि नै कतारको स्थानीय समय अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्न थालेको छ । आउँदो पुस ४ गतेसम्म यही समयमा दूतावास खुल्ने छ । अत्यावश्यक तथा जरुरी जानकारी तथा कन्सुलर सेवाको लागि दूतावासमा दिउँसो २ बजेसम्म फोन गर्न सकिने छ । अत्यावश्यक सेवा लिनका लागि दूतावासमा ४४६७५६८१ तथा ४४६७५६८३ नम्बरमा ...

भोलि विदेशमा रहेका नेपाली दूतावास बन्द रहने

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा विदेशमा रहेका नेपाली राजदूतावास पनि बन्द रहने भएका छन् । गृह मन्त्रालयले उनको शोकमा एकदिन विदा दिने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली राजदूतावासहरु समेत बन्द रहने भएका हुन् । साउदीमा रहेको नेपाली राजदूतावासले एक सूचना जारी गर्दै सरकारको निर्णय अनुसार जोशीको निधनको शोकमा कात्तिक १ गते (१८ अक्टोबर २०२२) मा राजदूतावास बन्द रहने जनाएको हो । त्यस्तै मलेसियास्थित नेपाली राजदूतावासले पनि १ गते दूतावासका नियमित कन्सुलर सेवाहरू बन्द रहने जनाएक

विभूषण समिति सदस्यबाट मदनदासलाई हटाएर शम्भुजीतलाई ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर उनको ठाउँमा संगीतकार शम्भुजीत बास्कोटालाई ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् । अन्य सदस्य भने यथावत राखिएको छ । ‘समितिका सदस्यहरु रहनुभएका अन्य सदस्यहरुलाई यथावत रहने गरी […]

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न कम्पनी खोल्ने सरकारको निर्णय

सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नको लागि कम्पनी खोल्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको उक्त आयोजन निर्माण गर्नको लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको प्रस्तावमा सरकारले यो निर्णय गरेको हो  । कम्पनीमा विद्युत प्राधिकरण, अर्थ मन्त्रालय, उर्जा मन्त्रालय, स्थानीय तह, सर्बसाधारण लगायतको लगानी रहने छ । सरकारले यस अघि उक्त आयोजना चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडबाट खोसेर स्वदेशी लगानीमा बनाउने निर्णय गरिसकेको छ । आयोजनाले आयोजना प्रभावितलाई अधिग्रहण गरिएका जग्गामा रहेका घरगोठ, फलफूल र बोटबिरुवाको क्षतिपूर्ति दिने निर्णय गरेको थियो । चैत्र २१ गते बसेको आयोजनाको मुआब्जा निर्धारण गर्दै गोरखा र धादिङका आयोजना प्रभावितलाई अधिग्रहण गरिएका जग्गामा रहेका घरगोठ, फलफूल र बोटबिरुवाको क्षतिपूर्ति दिने निर्णय गर्दै क्षतिपूर्तिको दर समेत तोकेको हो ।आयोजनाले क्षतिपूर्ति दाबी गर्नको लागि चैत्र २२ गतेदेखि नै आवेदन दिन आग्रह गरेको छ। आयोजनाले धादिङतर्फ साबिक गा.वि.स. हरू (सलाङ, खरी, मैदि, चैनपुर, ज्यामुङ, सल्यानटार, सल्यानकोट, आगिन्चोक, मुलपानी, वुढाथुम, वसेरी, मार्पाक र त्रिपुरेश्वर) जग्गामा रहेका घर गोठ लगायतका भौतिक संरचनाहरू, फलफूल र बोटबिरुवाहरूको मुआब्जा (क्षतिपूर्ति) भुक्तानी गर्ने छ । त्यस्तै आयोजनाले गोरखातर्फ साबिक गा.वि.स. हरू (घ्यालचोक, भुम्लिचोक, दर्बुङ, फुजेल, वुङकोट, नामजुङ, बोर्लाङ, धावा, तान्द्राङ, आश्राङ, आरुचनौटे, आरुअर्वाङ, आरुपोखरी तथा थुमी) जग्गामा रहेका घर गोठ लगायतका भौतिक संरचनाहरू, फलफूल र बोटबिरुवाहरूको मुआब्जा (क्षतिपूर्ति) दिने छ ।सम्बन्धित जग्गा धनीहरूले मुआब्जा (क्षतिपूर्ति) रकम दाबी गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जा लगायतका आफूसँग भएको प्रमाण सहित ०७८/१२/२२ गते देखि मुआब्जा (क्षतिपूर्ति) लिन रु.१०/- को टिकट टाँसी रीतपूर्वकको निवेदन सहित गोरखास्थित गण्डकी गाउँपालिका-८, सिउरेनिटारमा रहेको बूढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना एकाइको कार्यालयमा सम्पर्क राख्न आयोजनाले आग्रह गरेको छ ।

आइतबार बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयनमा

काठमाडाैँ- शनिबार र आ‍इतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट कार्यान्वयनमा आएको छ। यो बिदा परीक्षणको रूपमा रहने सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा पनि त्यसको असर परेको हो। सातामा दुई दिन बिदा हुने भए पनि अन्य पाँच दिन भने बिहान ९ः३० बजेदखि ५ः३० बजेसम्म कार्यालय खुल्ने सूचना नेपाल राजपत्रमा प्रकाशित […]

डडेलधुरा अस्पताललाई मेडिकल कलेज बनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले डडेलधुरा अस्पताललाई मेडिकल कलेज बनाउने भएको छ । मन्त्रिपरिषद्को माघ १० गते बसेको बैठकले डडेलधुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गरेको हो ।  ‘स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबिचको समझदारीबाट सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने तथा डडेलधुरा अस्पताल नै […]

माघ १२ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले आगामी माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको परामर्शको आधारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालसहित २० जनाको पदावधि आगामी फागुन २० गतेदेखि सकिने भएपछि सरकारले संवैधानिक व्यवस्थाअनुसार सो अघि नै चुनाव गर्न लागेको हो । जसअनुसार १९ पदमा चुनाव हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने  गर्छन्  ...

आन्दोलनमा सहभागीहरुलाई सम्मान गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने भएको छ   त्यसका लागि आवश्यक प्रतिवेदन बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति समेत बनाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सम्मानका लागि ज्ञवालीको संयोजकत्वमा खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहने गरी समिति बनाइएको हो । शनिबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व आओवादीका लडाकूहरुलाई पार्टीम...