सरकारले आगामी माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको परामर्शको आधारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए ।
राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालसहित २० जनाको पदावधि आगामी फागुन २० गतेदेखि सकिने भएपछि सरकारले संवैधानिक व्यवस्थाअनुसार सो अघि नै चुनाव गर्न लागेको हो । जसअनुसार १९ पदमा चुनाव हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने गर्छन् ...