कोरोना भाइरस संक्रमणको तेस्रो लहरसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमणको ग्राफ उकालो लागेको छ ।
कोरोना बढेसँगै सीमा नाका भएर ओहोरदोहोर गर्नेहरूको भीड समेत बढेको छ तर स्वास्थ्य सुरक्षा संवेदनशीलता अपनाइएको छैन ।
भारतीय सीमावर्ती बजारमा किनमेल गर्ने नेपालीको घुइँचो लाग्दै आएको छ । त्रिनगर–गौरीफन्टा नाका भएर दैनिक हजारौं नेपाली किनमेलका लागि सीमावर्ती बजार पुग्दै आएका छन् । कैलाली–कञ्चनपुरका नागरिक किनमेलका लागि नजिकैको भारतीय बजार वनगाउँ जान्छन् ।
सीमावर्ती भारतीय बजार जाँदै गरेका कैलालीको घोडाघोडी न...