जनकपुर : पाँच दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरको टिकट नपाएपछि पार्टी छाडेका छन्। एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा शिवशंकर साह (हिरा) लाई उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका साहले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन्। जानकीरामसँगै उनको प्यानलबाट उपमेयरमा सरोज कुमार मिश्रले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। तत्कालीन राजपाबाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ को वडाध्