सरकारले क्रसर उद्योगको नवीकरण नगरेपछि यहाँका व्यवसायीले जिल्लाभरका क्रसर उद्योग आइतबारबाट बन्द गरेका छन् । असार १५ गते भित्र नवीकरण नगरिदिएको बताउँदै व्यवसायीले सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गरेर बिक्री वितरण ठप्प पारेका छन् ।
सोमबार जिल्ला अनुगमन समितिको बैठकले त्यस्ता उद्योग बन्द गर्ने निर्णय गरेपछि मंगलवार गोरखाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गराइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।
गोरखा – गोरखाभित्र सञ्चालनमा रहेका सबै अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय भएको छ । जिल्ला अनुमगन समितिको आज बसेको बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले जानकारी दिए । “दर्ता भई सञ्चालन रहेर पनि नवीकरण नभएका, आयोजनाको नाममा […]
प्रदेश नम्बर २ मा अवैधरूपमा बालुवा, गिट्टी तथा ढुंगालगायतका सामग्री उत्खनन भइरहेको छ ।
दिनानुदिन क्रसर उद्योगले खोलाबाट अवैधरूपमा बालुवा तथा गिट्टी उत्खनन गर्दै आएपछि जिल्ला समन्वय समितिले ३९ क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गराउन निर्देशन दिएको छ । जिससले धनुषा र महोत्तरी जिल्लामा बिना दर्ता नै सञ्चालनमा रहेको तथा सरकारी मापदण्ड पूरा नगरेका क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रलाई तत्काल बन्द गर्न निर्देशनसहितको परिपत्र गरिसकेको छ ।
धादिङमा सञ्चालित क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र (फिरफिरे) उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड तय गरिएको छ। मापदण्डविपरित सञ्चालित उद्योगमा जोडिएको बिजुली काटिएपछि बन्द भएका उद्योगमा नयाँ मापदण्ड लागू गरिएको हो।
धादिङमा संचालित क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र (फिरफिरे) उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड तय गरिएको छ। मापदण्ड विपरित संचालित उद्योगको विजुली लाइन काटिएपछि बन्द भएका उद्योगमा नयाँ मापदण्ड लागु गरेको हो।
पृथ्वीराजमार्ग छेउछाउ र त्रिशूली नदी आसपासमा मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र (फिरफिरे)लाई प्रशासनले कारबाही थालेको छ।