ओलीले संसद विघटन गर्नु संवैधानिक र राजनीतिक कुनै पनि कारण होइन मात्रै सनक हो || Lekhnath Paudel

ओलीले संसद विघटन गर्नु संवैधानिक र राजनीतिक कुनै पनि कारण होइन मात्रै सनक हो || Lekhnath Paudel

सम्बन्धित सामग्री

प्रशासनिक दृष्टिमा संसद्को पहिलो कार्यकाल

मुलुक संघीय संरचनामा प्रवेश गरे पश्चात् गठन भएको संघीय संसद्को पहिलो कार्यकाल सकिएको छ । राष्ट्रिय सभा अविच्छिन्न रहिरहने भए पनि प्रतिनिधि सभाले आफ्नो कार्यकाल पुरा गरेको छ ।  राजनीतिक हिसाबले प्रतिनिधि सभाको कार्यकालको विश्लेषण बाक्लै भइरहेको देखिन्छ । संसद विघटन, संसद अवरुद्ध होस वा प्रधानन्यायाधीशहरू माथिको महाअभियोगको विषयका कारण यो कार्यकालले निकै चर्चा पायो […]

वाम एकता आवश्यक छः घनश्याम भुषाल

काठमाडौं, ८ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुषालले वाम एकता आवश्यक रहेको बताएका छन् । मंगलबार पत्रकारहरुसँग वाम एकताको आवश्यकता रहेको भन्दै अब एमालेले राजनीतिक मुद्दाको संवैधानिक टुंगो लागिसकेकाले त्यही छाड्न पर्ने बताए । नेकपा विभाजनको सैद्धान्तिक राजनीतिक कारण नभएको भन्दै नेता भुषालले संसद विघटन नै राजीनीतिक कारण भएको […]

संसद विघटन नहुने जापानी प्रधानमन्त्रीको प्रष्टोक्ति

जापानमा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका कारण राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन् ।

संसद विघटन अवैध र असंवैधानिक भएका कारण पुर्नस्थापना हुने कुराँमा ५ दल विश्वस्त

विपक्षी गठबन्धनका ५ राजनीतिक दलहरुले देश र जनतालाई दिर्घकालीन असर पर्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले, जसपा र राष्ट्रिय जनमोर्चाको शिर्ष नेताहरुको बैठकले चेतावनी दिएको हो । प्रधानमन्त्री ओलीले संविधान उल्लंघन गरी अध्यादेशबाट बजेट ल्याएको भन्दै सम्पूर्ण राजनीतिक दल, नेता, कार्यकर्ता तथा जनतालाई एकताबद्ध भई आवाज उठाउनसमेत आव्हान गरेको छ ।

राष्ट्रपतिलाई अध्यक्ष केसीको प्रश्न : संसद विघटन गर्नुअघि किन छलफल गर्नुभएन ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन गर्नुअघि सर्वदलीय बैठक किन नराखेको भनेर राष्ट्रपतिलाई प्रश्न गर्नुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा अध्यक्ष केसीले राष्ट्रपतिलाई सो प्रश्न सोध्नुभएको हो । बैठकमा केसीले सरकार प्रमुख र राष्ट्र प्रमुखबाटै सबैभन्दा धेरै गल्ती भएको बताउनुभएको थियो । राजनीतिक दलहरुका कारण अहिले प्राप्त उपलब्धिसमेत गुम्न लागेको भन्दै उहाँले चिन्ता जाहेर गर्नुभयो । केसीले अहिलेको अवस्था कसरी आयो भनेर जिम्मेवार नेताहरुले आफैँ विचार गर्नुपर्ने भन्दै सत्ता र विपक्षी दलका नेताहरुलाई सच्चिन आग्रह गर्नुभएको थियो । बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै केसीले भन्नुभयो, ‘राष्ट्रप्रमुख पनि सरकार प्रमुखलाई पनि पुग्नेगरी मैले भनेको छु । २०६२–६३ सालमा जुन उपलब्धि भयो, यीनै राजनीतिक पार्टीका कारणले यो उपलब्धि फेरि गुम्नेवाला छ । गणतन्त्रमा कालो बादल मडारिसकेको छ । यसको कारण राष्ट्रपति र सरकार प्रमुखबाट बढी गल्ती भएको छ भने मैले ।’ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको संसद विघटन सही थियो भन्ने जिकीर गर्नुभएको थियो । उहाँले ताजा जनादेश लिन चुनावमा जानुपर्ने बताएको बताउनुभएको थियो । बैठकमा पूर्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नेमकिपाका प्रेम सुवाल लगायत सहभागी थिए । बैठकमा सहभागी भएका नेताहरुमध्ये प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने मौन रहेको बताइन्छ । राष्ट्रपति भण्डारीले आगामी चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमणमा जाने बारे जानकारी गराउन सर्वदलीय बैठक आव्हान गर्नुभएको हो । बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको शतवार्षिकीको अवसरमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आगामी चैत ९ गते त्यसतर्फ जान लाग्नुभएको हो ।

पद र सत्ता स्वार्थका कारण संसद विघटनः चित्रबहादुर

श्यामलाल पोखरेल, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन भएसंगै नेपालमा विदेशी शक्ति केन्द्रहरुको चलखेख बढेको बताउनुभएको छ। उहाँले भारत, अमेरिका र युरोपियन युनियनको चलखेल बढेको दावी गर्नुभयो । नेता केसीले अहिलेको अवस्थामा संसद विघटन देश र जनताको हितविपरित रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक घट्नाक्रम विदेशी शक्ति केन्द्रहरुको इसारामा भएको दावी गर्नुभयो । राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष केसीले सत्तासिन दलका नेताहरुको स्वार्थका कारण संसद विघटन भएको बताउनुभयो । ओली र प्रचण्डको स्वार्थ पुरा नहुँदा देश दुर्घटनातर्फ उन्मुख भएको समेत आरोप लगाउनु भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन मुलुक र जनताको हित विपरित भएको उल्लेख गर्दै उनीहरु जनताका लागि होइन सत्ता, शक्ति, स्वार्थ, महत्वकांक्षा र पद बांडफांड नमिलेका कारण विभाजित भएको बताउनुभयो । सिद्धान्त, नीति र विचारका आधारमा एकता नभएकाले छिटो समयमा नै नेकपामा विवाद आएको हो भन्नुभयो । उहाँले सर्वोच्च अदालत समेत निष्पक्ष हुन नसक्नु दुखद पक्ष भएको भन्दै संवैधानिक इजलास गठन गर्नुनै नीतिगत कमजोरी भएको बताउनुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता केसीले संविधान बनाउंदा नीतिगत बदमासी भएकाले ति बदमासीका कारण अहिले देशले सुमस्या भोग्नु परेको तर्क गर्नुभयो । हाल सम्मका उपलव्धीहरुको रक्षागर्नु प्रमुख दायित्व भएको भन्दै अध्यक्ष केसीले गणतन्त्र, धर्मनिरपेक्षता जस्ता प्रगतिशील व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । संघीयता असफल सिद्व भैसकेको बताउंदै हिजो संघीयता ल्याउन मरेहत्ते गर्नेहरु आज लाज लागेर बर्कोले मुख ढाकेर हिड्न थालेको भन्दै व्यङे गर्नुभयो । बामपन्थी नेता सुरेश थापाले अहिलेको संविधान, व्यवस्था र सरकारले जनताको पक्षमा कामगर्न नसक्ने बताउनुभयो । जनतका माग पुरा गर्नका लागि जनवादी गणतन्त्र व्यवस्था स्थापना गर्नुपर्ने र त्यसका लागि अहिलेको प्रगतिशील संविधानलाई टेकेर जनवादी क्रान्तिको बाटोबाट अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । बामपन्थी बुद्धिजिवी दुर्गानाथ खरेलले प्रधानमन्त्री ओलीको संसद विघटन अधिकायकवादी कदम भएको उल्लेख गर्र्दै ओलीको कदमले देशमा अधिनायकबादी व्यवस्था आउन सक्ने भएकाले जनतलाई सचेत गराउनुपर्ने बताउनुभयो । उहांले कांगे्रस पुरानो कम्ँयुनिष्ट बिरोधी शक्ति भएकाले कांगे्रसका ...

संसद विघटन विरुद्ध २३ राजनीतिक दल तथा संघसंस्थाद्वारा विरोधसभा (फोटो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।। संसद विघटन विरुद्ध २३ राजनीतिक दल तथा सङ्घसंस्थाहरूले विरोधसभा सम्पन्न गरेका छन् । ‘ओली सरकारको संसद विघटन गर्ने प्रतिगमनउन्मुख फासीवादी कदमका विरुद्ध सङ्घर्ष गरौँ !’ मूल नाराका साथ २०७७ पुस १९ गते नयाँ बानेश्वरमा विरोधसभा सम्पन्न भएको हो । विरोधसभालाई सम्बोधन गर्दै नेकपा (मसाल) प्रवक्ता रामप्रकाश पुरीले ओली सरकारद्वारा संसद विघटन गर्ने कार्यलाई २०६२–६३ सालको जनान्दोलनको उपलब्धि समाप्त गर्ने प्रयासको सङ्ज्ञा दिनुभयो । लोकतान्त्रिक गणतन्त्र २०६२–६३ सालको जनआन्दोलनको प्रमुख उपलब्धि रहेको बताउँदै उहाँले त्यसको रक्षाका अहिले सडक आन्दोलन नै उपयुक्त विकल्प भएको उहाँको ठहर थियो । प्रवक्ता पुरीले भन्नुभयो– ‘जनान्दोलन सशक्त बनाउन नसके महान् जनान्दोलनको उपलब्धि गुम्ने र राजनीतिक अस्थिरता कायम हुने छ ।’ सत्तारूढ नेकपाभित्रको आन्तरिक कलहका पछाडि सत्तास्वार्थ प्रमुख रहेको उहाँको भनाइ थियो । ‘आन्तरिक रूपमा सत्तास्वार्थ नमिल्दा जनतालाई अप्ठ्यारोमा पारियो’ प्रवक्ता पुरीले भन्नुभयो– ‘एमसिसीको विरोधमा सत्तारूढ दलभित्रैबाट चर्को विरोध थियो, तर अहिले त्यो मुद्दा सडकमा खै ?’ उहाँले अहिले सत्तास्वार्थको कारण एमसिसी, सीमा अतिक्रमणलगायतका राष्ट्रियताका मुद्दा गुम्दै गइरहेको बताउनुभयो । केपी ओली सरकारले पार्टीभित्रको आन्तरिक कलहका कारण संसद् विघटन मात्रै होइन, सङ्कटकालसम्म विस्तार पाउन सक्ने उहाँको आशङ्का थियो । ‘संसद पुनःस्थापना भयो भने प्रधानमन्त्री ओलीले सङ्कटकाल पनि लगाउन सक्छन्’ उहाँले भन्नुभयो– ‘त्यो खतराको विरुद्ध पनि यो आन्दोलन सचेत हुनुपर्दछ ।’ कार्यक्रममा सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले अहिले देशमा सडकको राजनीतिक तापक्रम बढ्दै गइरहेको बताउनुभयो । ‘हामीले चिसो सडकमा केपी सरकार गलत नीतिका विरुद्ध सडक आन्दोलन सुरु गरेका थियौँ’ उहाँले अगाडि भन्नुभयो– ‘अहिले त संविधान बनेपछि आन्दोलनको युग सिद्धियो भन्ने प्रचण्ड–माधवहरू नै आन्दोलनमा छन् ।’ आन्दोलनको सुरुवात आफूहरूले गरेको बताउँदै उहाँले २३ दल आन्दोलनमा डटिरहने बताउनुभयो । सम्बोधनको क्रममा उहाँले सत्तारूढ नेकपाको पोल खोलाखोल गरेकोमा दुवै पक्षलाई धन्यवाद दिनुभयो । उहाँले ब्यङ्ग्यात्मक रूपमा भन्नुभयो– ‘हामीलाई हाइसञ्चो छ । हामीले गर्नुपर्ने काम केपी र प्रचण्डले आपसमै गरिरहेका छन् ।’ ‘२०६२–६३ सालको जनान्दोलनअघि गणतन्त्रलाई आन्दोलनको नारा बनाउने निर्णय ...

जनादेश र जनभावना विपरीतका अर्थहीन प्रयासका कारण संसद विघटन गर्न बाध्य भएँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशले जनभावना विपरीतका अर्थहीन राजनीतिक दबाबका कारण संसद विघटन