घर, समाज वा देश बिग्रनुका निम्ति कि आवश्यकताभन्दा धेरै जान्ने मान्छेको बाहुल्यता हुनुपर्ने रहेछ, कि त जान्दै नजान्ने मान्छेको बाहुल्यता चाहिने रहेछ।गहिरिएर सोच्दा हाम्रो देश विसंगतिको बाटोतर्फ लाग्नुमा भने धेरै जान्ने मान्छेको बाहुल्यता प्रमुख कारण हो।यहाँ नेतादेखि अभिनेतासम्म, डाक्टरदेखि कन्डक्टरसम्म, पत्रकारदेखि अलपत्रकारसम्म, हाकिमदेखि पिएनसम्म, सरकारी कर्मचारीदेखि तरकारी व्यापारीसम्मका हरेक व्यक्तिलाई आफ्नो कामबाहेक अरू सबै कुराको पूर्ण ज्ञान छ। उनीहरूका गफ सुन्दा लाग्छ, यिनीहरू नै समृद्धिका