काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहका रहेका नेताहरूलाई मूल पार्टीमा फर्कन आग्रह गरेको छ ।
बुधवार बसेको स्थायी कमिटीको बैठकले आफूहरू नै पार्टी भएको र यसैमा आबद्ध भएर कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक गणतन्त्रको रक्षामा सहभागी हुन ओली पक्षमा रहेका नेताहरुलाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अहिलेकै अवस्थामा फेरि ओलीसँग एकता नहुने पनि बैठकले निष्कर्ष निकालेको छ । ओलीले आफूले गरेका गल्तीको सार्वजनिक रूपमा ...