काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २८ जना कोभिड १९ - का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ९१४ जनामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको हो।यस्तै आज १० जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर १ सय २० जना सक्रिय संक्रमित रहेका छन्, जसमा काठमाडौं उपत्यकाका ६० जना रहेका छन्।हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।