सीएनएन । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका ब्राजिलका स्वास्थ्यमन्त्री मार्सेलो क्वीरोगामा कोभिड–१९ पोजिटिभ देखिएको ब्राजिलको राष्ट्रपति कार्यालयले मंगलबार जनाएको छ । ब्राजिलका अरू प्रतिनिधिमन्डलमा भने कोभिड नेगेटिभ देखिएको छ ।
क्वीरोगाले सीएनएन ब्राजिललाई आफू १४ दिन न्युयोर्कमा क्वारेन्टिनमा बस्न सक्ने बताएका छन् । मुटुरोग विशेषज्ञ क्वीरोगा ब्राजिलमा कोरोनाभाइरस महामारी सुरु...