स्वास्थ्यमन्त्री गिरी स्वीट्जरल्याण्ड प्रस्थान

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् । स्वीट्जरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी गए राति त्यसतर्फ गएका हुन् ।