काठमाडाैं। प्रधानमन्त्रीमा नियुक्त एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। प्रतिनिधिसभामा विश्वासको मत गुमाए पनि विपक्षी दलले बहुमतकाे सरकार दिन नसकेपछि सबैभन्दा ठूलो दलको नेताका हैसियतमा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारराति ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। उनले अब ३० दिनभित्र संसदबाट पुनः विश्वासकाे मत लिनुपर्नेछ।