काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने आफ्ना २६ जना सांसदमाथि कारबाही गर्ने नेकपा एमालेले जनाएको छ।देउवाको समर्थनमा हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपालसहित २६ सांसदलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयलाई पठाएको एमालेले जनाएको छ। एमालेका केन्द्रीय सदस्य समेत रहेका केन्द्रीय कार्यालका सचिव शेरबहादुर तामाङले राष्ट्रपति कार्यालयमा उक्त ब्यहोराको पत्र पठाएको पुष्टि गरे।पत्रमा एमाले संसदीय दलको सदस्य भएर पनि प्रधानमन्त्रीका लागि देउवाको