म्याग्दी : हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रहरुमा टलक्कै टल्किएका टनेल (प्लाष्टिकका घर) ले जिल्लामा फस्टाउँदै गएको कृषि पेसालाई उजागर गरेका छन्। गाउँका टोलैपिच्छे प्लाष्टिकका टनेल मात्रै टल्किएका होइनन् टनेलभित्र लटरम्मै तरकारी फलेका छन्। टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख,गोडमेल र विक्रि वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानहरुले चासो दिन थालेका छन्।ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरीका बेमौसमी तरकारी फलेका छन्। अधिकाँश टनेलमा गोलभेडा फलिरहेका छन् भने केही टनेल भित्र सिमी, बो