उदयपुरमा काेराेना रिपाेर्ट 'पाेजेटिभ' देखिएपछि गाउँका सबैकाे परीक्षण गरिने

उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका ३ को मस्जिदमा रहेका १२ जनामा कोरोना भाइरस (काेभिड १९) रिपोर्ट पोजेटिभ देखिएपछि गाउँका सबै मानिसहरुको कोरोना परीक्षण गरिने भएको छ ।  यस गाउँमा रहेका झण्डै ५० घर मुस्लिम समुदायका मानिसहरुको कोरोना परीक्षण गरिने भएको हो । गाउँलेहरुको स्वाब सङ्कलन गर्...

सम्बन्धित सामग्री

२४ घण्टामा ९१ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा ९१ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । दुई हजार पाँच सय ३२ जनाकाे नमुना परीक्षण गर्दा ९१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  यही अवधिमा ५९ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय २० जना छ । यस्तै पछिल्लाे २४ घण्टामा तीन हजार आठ सय ९४ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टामा ५५ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा ५५ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार सात सय १८ जनाकाे नमुना परीक्षण गर्दा ५५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  यही अवधिमा ५३ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय ५२ जना छ । यस्तै पछिल्लाे २४ घण्टामा दुई हजार चार सय ७७ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टामा १९ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा १९ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । तीन सय ७५ जनाकाे नमुना परीक्षण गर्दा १९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  यही अवधिमा ६४ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय ८३ जना छ । यस्तै पछिल्लाे २४ घण्टामा २९ हजार तीन सय ९९ जनाकाे काेराेनाविरुद्धकाे खाेप लगाएका मन्त्रालयले जनाएकाे छ ।

१ हजार जनाकाे नमुना परीक्षण गर्दा ७ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार जनाको नमुना परीक्षण गर्दा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा छ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २१ जनामा झरेको छ । यसैबीच गएको २४ घण्टामा ४६ हजार चार सय एक जनाले कोरोना भाइरसविरुद्धकोे खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पूर्वमेयर विद्यासुन्दर शाक्य काेराेना संक्रमित

काठमाडौँ –  काठमाडौँ महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्य काेराेना संक्रमित भएका छन्। आज (मंगलबार) बिहान परीक्षण गर्दा शाक्यमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। शाक्यमा रुघाखाेकी र ज्वराे आएपछि उनले काेराेना परीक्षण गराएकाे उनकाे निजी सचिवालयले जनाएकाे छ। शाक्य अहिले हाेम आइसाेलेसनमा बसेका छन्।

प्रचण्ड काेराेना संक्रमण मुक्त

काठमाडाैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काेराेना संक्रमण मुक्त भएका छन्।आइतबार पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाे उनकाे सचिवालयले जनाएकाे छ।प्रचण्डलाई अघिल्लाे शुक्रबार पिसिआर परीक्षण गर्दा काेराेना पोजेटिभ देखिएकाे थियाे। त्यसपछि प्रचण्ड निजी निवासमा होमआइसोलेसनमा बसेका थिए।

माधव नेपाललाई काेराेना सङ्क्रमण

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।  काेराेना भाइरसकाे मिल्दाेजुल्दाे लक्षण देखिएपछि अध्यक्ष नेपालकाे हिजाे साेमवार काेराेना परीक्षण गरिएकाे थियाे । परीक्षणमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँलाई आज मङ्गलवार काेराेना पुष्टि भएकाे हाे ।  अहिले उहाँ घरमै आइसाेलेशनमा बसिरहनुभएकाे छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलगायतलाई काेराेना पुष्टि भएकाे थियाे । उहाँहरू पनि हाेम आइसाे...

एमाले उपमहासचिव ज्ञवालीलाई काेराेना सङ्क्रमण

काठमाण्डाै – एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । आज मङ्गलवार सामाजिक सञ्जालमार्फत ज्ञवालीले याे जानकारी दिनुभएकाे हाे ।  आफूलाई काेराेनाकाे हल्का लक्षण देखिएकाे पनि बताउनुभएकाे छ । उपमहासचिव ज्ञवालीले आफ्नाे सम्पर्कमा आएकालाई पनि काेराेना परीक्षण गराउन आग्रह गर्नुभएकाे छ ।  ‘चार/पाँच दिनदेखि मेराे नजिकमा रहनुभएका सबैलाई सावधानी अपनाउन, सुरक्षित रहन र कुनै लक्षण देखिएमा परीक्षण गराउन अनुराेध गर्दछु’​, नेता ज्ञवालीले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ ।...

ललितपुर महानगरमा भोलिदेखि एन्टिजेन विधिमार्फत काेराेना परीक्षण

काठमाण्डाै – ललितपुर महानगरपालिकाले भोलिदेखि एन्टिजेन विधिमार्फत काेराेना परीक्षण गर्ने भएको छ । भोलिदेखि असार ३ गतेसम्म विभिन्न वडालाई छुट्टाएर परीक्षण गर्ने तयारी भएको हो । त्यसका लागि एउटा वडामा एउटा परीक्षण केन्द्र बनाइने छ । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार वडा अध्यक्षसँग समन्वय गरेर परीक्षण केन्द्र निर्धारण गरिने छ । भोलि वडा नम्बर ३, ४ र २० मा र पर्सि १, २ र ३ मा एन्टिजेन विधिमार्फत परीक्षण हुने छ । त्यसैगरी २५ गते वडा नम्बर ३, ४ र १० मा, २६ गते वडा नम्बर २१, २२ र २५ मा, २७ ग...