परीक्षण गरिएकामध्ये झन्डै ४३ प्रतिशतमा काेराेना पुष्टि, एकै दिन सात हजारभन्दा धेरै सङ्क्रमित थपिए !

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा नेपालमा सात हजार दुई सय ११ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । १६ हजार एक सय ४७ जनाकाे पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३  जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा ७४ गरी सात हजार दुई सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।परीक्षण गरिएकाे सङ्ख्या र सङ्क्रमण पुष्टि भएकाे सङ्ख्यालाई प्रतिशतमा हेर्ने हाे भने पछिल्लाे २४ घण्टामा परीक्षण गरिएकामध्ये झन्डै ४३ प्रतिशतमा काेराेना पुष्टि भएकाे हाे ।काठमाण्डौ उपत्यका...