मेन्छियाम हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार तीन सयको १० प्रतिशत अर्थात् पाँच करोड ४२ लाख […]

सम्बन्धित सामग्री

मेन्छियाम हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा  मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यो शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।  कम्पनीले सर्वसाधारण  लगानीकर्ता,वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुको लागि निष्कासन गरेको कुल १६ लाख २७ हजार ७५० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको  ३७ लाख ९८ हजार २३ कित्ता गरी कुल ५४ लाख २५ हजार ८३३ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ७७ दशमलव ४५ देखि २३२ दशमलव ३५ ओपन रेञ्ज तोकेको छ । यहि ओपन रेञ्जको आधारमा आइतवार देखि कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीको स्टक सिम्बोल एमसिएचएल रहेको छ । साथै कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआईसी एशिया क्यापिटल बबरमहलबाट हुने जानकारी गराएको छ ।

मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट

मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले वैशाख ४ देखि ७ गतेसम्म सर्वसाधारणका लागि कुल ९ लाख ५४ हजार ११४ कित्ता सेयर निष्काशन गरेको थियो । सो सेयरमा कुल ११ लाख ७८ हजार ७३९ आवेदकले १ करोड ३७ लाख २० […]

मेन्छियाम हाइड्रोपावरको आईपीओ बुधवार बाँडफाँट हुँदै, कति जनाले पाउँछन् शेयर ?

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ भोलि वैशाख १३ गते बुधवार बाँडफाँट हुँदै छ । बुधवार बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा आईपीओ बाँडफाँट गर्ने बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल मार्केटले जानकारी दिएको हो । कम्पनीको आईपीओमा मागभन्दा १४ दशमलव ४४ गुणा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।  कम्पनीको आईपीओमा १२ लाख २८ हजार २०० जनाले कुल १ करोड ३५ लाख ७ हजार ९६० कित्ताको लागि आवेदन दिएका छन् । तीमध्ये ९३ हजार ४९१ जनाले मात्र १० कित्ताका दरले शेयर पाउनेछन् भने थप पाँच कित्ता शेयर पाँच जना आवेदकमा १/१ कित्ताका दरले थप हुनेछ । बाँकी ११ लाख ३४ हजार ७०९ जनाको हात भने खाली हुनेछ ।   कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्कासन  गरेको थियो । जसमध्ये कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेको छ । त्यस्तै ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ९ लाख ३४ हजार ९१५ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  कम्पनीले निर्माण गरेको संखुवासभा जिल्लामा ४ दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला-२ जलविद्युत आयोजनाले हाल परीक्षण उत्पादन शुरू गरेको छ ।

मेन्छियाम हाइड्रोपावरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजागारीमा रहेका नेपाली कामदारका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।  कम्पनीले सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकमा विक्री गरेको थियो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा विक्री गरिने जारी पूँजीको २० प्रतिशत दरको कुल १० लाख ८५ हजार १६७ कित्ता शेयरमध्ये १० प्रतिशत दरको १ लाख ८ हजार ५१७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा विक्री गरेको थियो ।  फागुन १० गतेदेखि २५ गतेसम्म विक्री गरिएको उक्त आईपीओ रितपूर्वक आवेदन दिने आवेदकहरूलाई चैत ७ गते सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकसँगै आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ जारी गरेको थियो । स्थानीयमा जारी भएको आईपीओ आजसम्म मात्र विक्रीमा रहने कम्पनीको भनाई छ ।  कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गर्न लागेको हो । यस आधारमा आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर १०० रुपैयाँ दरका ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर विक्री हुनेछ । कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र संखुवासभा साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता शेयर यीबाहेकका संखुवासभाका बासिन्दाहरूमा विक्री हुनेछ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड छ । स्थानीय वासिन्दाले आयोजना स्थल, मादी नगरपालिका वडा नं.७, वागा, चैनपुर नगरपालिका वडा नं. ३, तिनखोप्रे रेडक्रस भवनका साथै एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीले संखुवासभामा ४ दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी हाल परीक्षण उत्पादन शुरु भएको छ । यस आयोजना निर्माणको कुल लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ छ भने प्रतिमेगावाट लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ छ ।  अधिकृत पूँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँ कायम हुनेछ ।  आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६४ वर्ष छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २७.३६ वर्ष छ । आयोजनाको विद्युत् उत्पादन अनुमति २८ वर्ष बाँकी छ ।

मेन्छियाम हाइड्रोपावरले बुधवारबाट आईपीओ निष्कासन गर्ने, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं। मेन्छियाम हाइड्रोपावर लिमिटेडले बुधवार (भोलि)बाट पहिलो चरणको आईपीओ निष्कासन गर्दै छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  जारी पूँजी रू. ५४ करोडभन्दा बढीको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गर्न लागिएको हो । यस आधारमा आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर १०० रुपैयाँ दरका ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर विक्री हुनेछ ।  कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र संखुवासभाको साविक सिद्धकाली, सिद्धपोखरी र मावादिन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता शेयर संखुवासभाका बासिन्दाहरूमा विक्री गरिनेछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा विक्री गरिने जारी पूँजीको २० प्रतिशत दरको कुल १० लाख ८५ हजार १६७ कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विक्री गर्नेछ । यस आधारमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ८ हजार ५१७ कित्ता शेयर विक्री गर्न लागेको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ ।  आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि फागुन १० देखि २५ गतेसम्म आवेदन दिने अवधि तोकिएको छ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा चैत ९ गतेसम्मका लागि आईपीओ विक्री अवधि थप हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने फागुन २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, मादी नगरपालिका–७ वागा, चैनपुर नगरपालिका–३, तीनखोप्रे रेडक्रस भवनका साथै एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले संखुवासभामा ४ दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला– २ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी हाल परीक्षण उत्पादन गरिरहेको छ ।  आयोजना निर्माणको कुल लागत रू. १ अर्बभन्दा बढी छ भने प्रतिमेगावाट लागत रू. २७ करोडभन्दा माथि छ । अधिकृत पूँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रहेको छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारीपछि कम्पनीको चुक्तापूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँ कायम हुनेछ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९ दशमलव ६४ वर्ष छ भने छूटमा लगानी फिर्ता हुने अवधि २७ दशमलव ३६ वर्ष रहेको छ । आयोजनाको विद्युत् उत्पादन अनुमति २८ वर्ष बाँकी छ ।

मेन्छियाम हाइड्रोपावरले १६ करोड २७ लाखको आईपीओ जारी गर्दै

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्न धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । निष्काशन गर्न लागेको रकम मध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रकम बराबरको शेयर आयोजना प्रभावित क्षेत्र बासिन्दाहरुको लागि र १० करोड ८५ लाख १६ हजार ७ सय रकम बराबरको शेयर सामूहिक लगानी कोष सहित सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । उक्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल रहेको छ । संखुवासभा जिल्लामा रहेको माथिल्