काठमाडौं । सर्लाहीमा नेपाली सेना परिचालन गरेर मतदान कार्य सञ्चालन गरिएको छ । कौडेना गाउँपालिकामा दलका कार्यकर्ताहरूबीच झडप भएपछि सेना परिचालन गरिएको हो ।
कौडेना–६ स्थित जनता आधारभूत मतदानस्थलमा पटक–पटक झडप भएपछि सेना परिचालन गरिएको बताइएको छ ।
यहाँ नेपाली कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद भएको थियो । सेना परिचालन गरेर...