प्रदेश १ मा महिला र दलित नेतृत्व स्थापित गर्ने सवालमा नेपाली काँग्रेस कमजोर देखिएको छ । राजनीतिक दलहरू समावेशी बन्नुपर्ने आवाज बुलन्द भइरहेका बेला १४ औं महाधिवेशनको मुखैमा प्रदेश १ का १३ जिल्लामा भर्खरै सम्पन्न काँग्रेसको वडा अधिवेशन र तिनले चयन गरेका नेतृत्वमा प्रदेशभरि जम्मा चार जनामात्रै महिला चुनिएका छन् ।यस्तै, दलित समुदायबाट प्रदेश १ मा दुई जना वडा सभापति चयन भएका छन् । त्यसमा पनि तराईका जिल्लामा महिला र दलितको उपस्थिति एकदमै कमजोर देखिएको छ ।प्रदेश १ का १३ जिल्लाका ९९८ वटा वडामा छानिएका क