आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमा । यो पर्व मनाउने आफ्नै तरिका र सांस्कृतिक महत्व छ । जनै पूर्णिमा पारिवारिक जमघट र क्वाँटी दालको भोजको लागि प्रसिद्ध छ । सानोमा बच्चा हुँदा घरमा आएर पण्डितजीले डोरो बाँधी दिन्थे । अनि अलि ठुलो भएपछि जनै लगाइयो । के के मन्त्र पनि पढियो । तर, यो जनै लाउनु र त्यो हातमा डोरो बाँध्नुको अर्थ चै कहिल्यै बुझिएन ।जनै पूर्णिमालाई रक्षा बन्धनका रुपमा पनि मनाउने गरिन्छ । ब्राह्मण समुदायका हामी बिहान सबेरै उठ्छौं, नुहाउँछौं । नजिकैको मन्दिरमा जान्छौं र