काठमाण्डौ – चीनले बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न रोकेको छ ।
हरेक महिना सार्वजनिक हुने तथ्याङ्कले पछिल्लो समय रेकर्ड बनाउन थालेपछि चीनले उमेर समूहको बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक लगाइएको बीबीसीले जनाएको छ ।
गएको जुनमा सार्वजनिक भएको तथ्याङ्क अनुसार चीनका सहरी क्षेत्रमा १६ देखि २४ वर्ष उमेर समूहका युवामध्ये २१ दशमलव ३ प्रतिशत बेरोजगार रहेको सार्वजनिक भएको थियो ।
चीनको राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) ले पछिल्लो पटक अर्थतन्त्रका सूचकहरूको मासिक स्थिति सार्वजनिक गरे पनि यो उमेर समूहको बेरोजगारीब...