इलाम – पढ्ने रहर त्यागेर परदेशीनु पर्ने बाध्यतामा पर्नुभयो इलाम नगरपालिका ३ पुवामझुवाका गिमान सुनुवार ।
उमेर १९ मा लाग्दै थियो । लक्ष्य शिक्षक बन्ने थियो । तर मनको रहर र सपना मनमनै मारेर उहाँ रोजगारीका लागि कतार जानुभयो । झण्डै १२ वर्ष कतारमै बित्यो । सानै उमेरमा परदेशीनु पर्दा उहाँको पढ्ने रहर त पुरा भएन । तर कमाएर पूरा गर्न साँचेका सपना भने पुरा गर्नुभयो उहाँले ।
विश्वमा कोरोना महामारी नफैलिएको भए यो सपना पनि अधुरै हुँदो हो । महामारीको कारण भएको लकडाउनले गिमानलाई घरैमा राख्यो । महामारीले परदेश...