रक्षामन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका मीनेन्द्र रिजालले अपरान्ह ४ बजे पत्रकार भेटघाट गर्ने भएका छन् ।
कांग्रेस महामन्त्रीका उम्मेदवारसमेत रहेका रिजालले मन्त्रालयमा पत्रकार भेटघाटको कार्यक्रम राखेका हुन् ।
महाधिवेशनमा अपेक्षित मत परिणाम नआएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामाको घोषणा गरेका छन् ।
'नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको ...